‘म नुमाफुङ पो हो त’ भन्दै गोदावरीमा अमृता ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, ८ फाल्गुन आईतवार
no img

amrita limbu (4)

काठमाडौं, ८ फागुन । गायिका अमृता सम्बाहाम्फे लिम्बू ‘नुमाफुङ’ अर्थात् सुन्दर फूल बनेकी छन् । आफ्नै स्वर रहेको गीतको भिडियोमा उनी ‘नुमाफुङ’ बनेकी हुन् । गायन करिअरलाई अगाडि बढाइरहेकी यी गायिकाले एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । ‘म त नुमाफुङ पो हो त’ बोल गीतको भिडियोमा अमृता पछिल्लो समयका चर्चित मोडल निराजन प्रधानसँग देखिँदैछिन् । शनिबार गोदाबारीमा छायांकन गरिएको यो गीत अमृताकै आउन लागेको एल्बमको हो ।

amrita limbu (5)
एल्बमको तयारी गरिरहेकै बेला उनले मोडलिङमा पनि डेब्यु गरेकी हुन् । आफ्नो गीतको म्युजिक भिडियोमा मोडलिङ गरेपछि अमृताले भनिन्, ‘सुरुमा त मोडलिङमै रुचि थियो । तर, गायिका बनेँ ।’ पाँचथर रानीगाउँकी अमृता सानैदेखि नाच्न गाउन भनेपछि हुरुक्कै हुन्थिइन् । त्यसैले उनी राजधानी छिरेकी हुन् । राजधानी छिरेपछि उनले सन् २०१४ मा ‘मिस मंगोल’मा सहभागी समेत  भइन् । सो प्रतियोगितामा टपटेनसम्म पुगेको अमृताले सुनाइन् ।

amrita limbu (3)
तीन वर्षयता गायन क्षेत्रमा संघर्षरत अमृताले भनिन्, ‘मेरो रुचि र लक्ष्य एक कुसल गायिका बन्ने हो ।’ मोडलिङ गर्ने इच्छा र रुचि हुँदाहुँदै गायन अँगालेकी उनले भनिन्, ‘सुरुमा त गायिका हुन्छु भन्ने सोचेकै थिइनँ । तर, गायिका बनँ ।’
हुन त अहिले पनि उनको मोडलिङप्रतिको मोह हराएको छैन । रुपरंगको समेत साथ पाएकी अमृतालाई मोडल बन्दा फरक पर्दैन पनि किनकि, उनको रुपमा लोभिनेहरु थुप्रै छन् । उनी नेपाली गायन क्षेत्रमा सुन्दरी गायिकाका रुपमा समेत चिनिन्छिन् । त्यही आफ्नो सुन्दरता र सानैदेखिको इच्छालाई मार्न नदिन नै पहिलोपटक आफ्नै गीत ‘म त नुमाफुङ पो हो त’ मा अभिनय गरेकी अमृताले आफ्नो गायनलाई जस्तै अभिनयलाई पनि दर्शकले रुचाउँनेछन् भन्ने विश्वस्त छिन् ।

amrita limbu (2)
‘म त नुमाफुङ पो हो त’ गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक युगल पोमुले निर्देशन गरेका हुन् । जाुन काङबाङ लिम्बूको शब्दरचना रहेको यस गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् । दिपेन भट्टको छायांकन रहेको ‘म त नुमाफुङ पो हो त’ गीतको भिडियोमा एउटी युवतीले आफ्नो प्रेमीलाई आकर्षित गर्नका लागि गरेको प्रयत्नलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको निर्देशक युगलले बताए । भिडियो चाँडै दर्शक तथा श्रोतामाझ आउने बताइएको छ ।
केही चलचित्रलगायत दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी अमृताले चाँडै आफ्नो सोलो एल्बम ल्याउने बताएकी छन् । तर, उनले एल्बमको न्वारान भने गरेकी छैनन् । ‘एल्बमका लागि गीत रेकर्डिङ भइसकेको छ’ अमृताले सुनाइन्, ‘अब चाँडै श्रोतामाझ ल्याउँनेछु ।’

amrita limbu (1) amrita limbu

Comments