‘बाख्रा स्टाईल’ले चर्चामा आरती
screennepal
प्रकाशित: २०७३, ५ माघ बुधबार
no img

 काठमाडौं, ५ माघ । ‘तराई आइडल’ तथा ‘एक्टिङ कम्पिटिसन’ मा उपाधि जितेपछि यतिखेर झापाकी आरती ओझा पुर्वमा चर्चामा छिन् । २०७३ को सो कम्पिटिसनमा उनी प्रथम भएकी हुन् । उक्त उपाधि जितेसँगै उनले हास्य गायक श्रीकृष्ण लुईटेलको ‘बब्लु’ एल्वममा समावेश ‘यो हो बाख्रा स्टाईल’ बोल गीतले उनलाई झनै चर्चामा ल्याएको छ ।

aarati

यो गीत पछिल्लो समय पुर्वमा युवायुवतीको मुखैमा झुण्डिएको छ । आरती भन्छिन्, ‘बाटोमा हिड्दा पनि सबेले यो बाख्रे स्टाईल भनेर जिस्क्याउँछन् ।’
हिमशिखर टेलिभिजनबाट प्रसारित ‘टुडेन्ट’ नामक सिरियलमा प्रमुख नायिकाको भुमिकामा देखिएपछि उनको थप चर्चा चुलिएको हो । जब एक्टिङ कम्पिटिसनबाट छानिइन्, त्यसपछि उनी ‘स्टुडेन्ट’मा प्रवेश पाएकी हुन् ।
आरतीले आफूलाई थुप्रै चलचित्रमा अफर आइरहेको सुनाइन् । उनले भनिन्, ‘तर स्क्रिप्ट चित्त नबुझेर खेल्दिनँ भन्दै फर्काएको छु ।’ आरती अब चाँडै अर्को सिरियल र म्युजिक भिडियोमा देखिँदैछिन् ।

Comments