रोहनजङको ‘कहिले आउँ’ मा बेनिशा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ माघ सोमबार
no img

काठमाडौं, ३ माघ । गायक रोहनजंङ कार्की म्युजिक भिडियोका साथ दर्शक तथा श्रोतामाझ आएका छन् । कार्कीले ‘कहिले आउँ’ बोलको आफ्नो गीतलाई भिडियो सार्वजनिक गरेका हुन् । यस गीतमा सरस्वती श्रेष्ठ ‘सरु’ को शब्द र श्रीमान थुलुङको संगीत रहेको छ ।
यस भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल निराजन प्रधानसँगै गायक कार्कीले पनि अभिनय गरेका छन् । यस भिडियोलाई प्रबिन श्रेष्ठले निर्देशन तथा सम्पादन गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा सह–निर्देशन कसम नेपालले गरेका हुन् ।

Comments