अभिनेता ओम पुरीको निधन
screennepal
प्रकाशित: २०७३, २२ पुष शुक्रबार
no img

काठमाडौं, २२ पुस । बलिउडका दिग्गज अभिनेता ओम पुरीको हृदयघातबाट निधन भएको छ । ६६ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । व्यवसायिक फिल्म तथा प्यारालल फिल्म दुवैमा बेग्लै छाप छाडेका पुरी बलिउडका भर्सटायल कलाकार हुन् ।

om-puri
पुरीको असामियक निधनमा बलिउडकर्मीहरूले दुःख व्यक्त गरेका छन् । अहिले बलिउड कलाकारले आफ्नो सामाजिक संजाल एकाउन्टबाट श्रद्धासुमन व्यक्त गरिरहेका छन् ।
निर्देशक करण जोहर ट्वीटरमा पुरीलाई बुलन्द अभिनेता भनेर ट्वीट गरेका छन् भने अर्का अभिनेता अनुपम खेरले पुरी यस संसारमा छैनन् भन्ने कुरा पत्याउनै नसकेको जनाएका छन् ।

पुरीले आफ्नो अघिनय यात्रामा जाने भि दो यारो, मालामाल विक्ली तथा हेराफेरी जस्ता फिल्ममा जबरदरस्त कमिक टाइमिङबाट दर्शकलाई हँसाउँदै आए भने ‘अर्धसत्य’ जस्तो फिल्मबाट आफू बुलन्द अभिनेता भएको अमिट छाप बलिउडमा पार्न सफल थिए।  उनले ‘हन्ड्रेड फुट जर्नी’ तथा ‘इस्ट इज इस्ट’ जस्ता हलिउड फिल्ममा पनि काम गरेका थिए ।  -Agency

Comments