हङकङमा रुकमानको ‘संसोधन–२०७३’ सार्वजनिक
screennepal
प्रकाशित: २०७३, १३ पुष बुधबार
no img

काठमाडौं, १३ पुस । गायक रुकमान लिम्बू यतिखेर हङकङमा छन् । ‘पाथिभरा नाइट–२’ नामक सांगीतिक कार्यक्रमका लागि त्यहाँ पुगेका रुकमानलाई हङकङमा भ्याइनभ्याइ छ किनकि, पहिलोपटक हङकङ पुगेका उनी ‘पाथिभरा नाइट–२’ मा त सहभागी भए नै, त्यससँगै रुकमानले आफ्नो एकल शो र एल्बम पनि सार्वजनिक गरेका छन् ।

rrr
पछिल्लो समय ‘हाक्पारे ख्याली पालम’ बोलको गीतमार्फत चर्चामा आएका रुकमानले हङकङ पुगेर आफ्नो एल्बम ‘संसोधन–२०७३’ सार्वजनिक गरेका छन् । रुकमानको सांगीतिक एल्बमलाई किरात याक्थुङ चुम्लुङका सल्लाहकार भीम सेरेङ, अध्यक्ष त्रिभुवन लुम्फुङ्वा, एनआरएन हङकङका अध्यक्ष ललित आङ्बुहाङ, समाजसेवी तथा मोडल हेमराज अङ्छोङ्बोका अलावा गायन सयंमले लोकार्पण गरेका थिए । एल्बम लोकार्पणपछि अनलाइनमा कुराकानी गर्दैै गायक रुकमानले भने, ‘यहाँ आएर एल्बमको पो सार्वजनिक गरियो ।’

ru1
हङकङमै पहिलोपटक एकल शोमा प्रस्तुत भएका रुकमानले आफ्नो शो राम्रो भएको पनि बताए । ‘एकल शो रामै्र भयो’ एक प्रशंगमा उनले भने, ‘यो पहिलो एकल शो थियो, तर राम्रै भयो ।’ रुकमानलाई एकल शोमा मोडल तथा नृत्यांगना आयुशा राईले नृत्य गरेर साथ दिइन् ।
रुकमानको ‘संसोधन–२०७३’ मा जम्मा ८ वटा गीत छन् । जसमा उनलाई चर्चामा ल्याउँने गीत ‘हाक्पारे पालम’ पनि समावेश छ । अन्य गीतमा तिमीलाई म, लाउनु लाइयो, आकाशैमा, हेरेर मान्छेलाई, पानी मिठो, सालैजो र  कोही आउँछन् बोलका गीत छन् । जसमा डम्बर नेपाली, सुरेन्द्र राना, शशि बाङदेल गुरुङ, बिन्द्र नेम्बाङ, राम भट्टराई र याङ्जोम शेर्पाको शब्दरचना रहेको भने संगीत डम्बर नेपाली, सचिन सिंह, शशि बाङदेल गुरुङ, उत्तमजंग लिम्बू र बिबि अनुरागीको रहेको छ ।

Comments