राष्ट्र संघ मुख्यालयमा ‘पिंक’
screennepal
प्रकाशित: २०७३, १२ मंसिर आईतवार
no img

cyigeuiwiaapjwe

काठमाडौं, १२ मंसिर । महिलाविरुद्धको अपराधमा आधारित बलिउड अभिनेता अमिताभ बच्चनको फिल्म ‘पिंक’ को न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा एक स्पेशल स्क्रीनिङ गरिने भएको छ । यो कुरा अमिताभले नै ट्विटरमार्फत जानकारी गराएका हुन् । यस फिल्म्मा अमिताभ वकिलको भूमिकामा छन् ।
अमिताभले ट्विटरमा लेखेका छन्, ‘न्यूयोर्कमा ‘पिंक’ को संयुक्त राष्ट्र मुख्यालयमा स्पेशल स्क्रीनिङका लागि आमन्त्रित गरिएको छ । यो आमन्त्रण सहायक महासचिवद्वारा गरिएको हो ।’ (तल हेर्नुस् अमिताभको ट्विट) ।

aaa
अनिरुद्ध राय चौधरीद्वारा निर्देशित यो फिल्म रितेश शाहले लेखेका हुन् । फिल्ममा रश्मि शर्मा र सुजित सरकारको सह निर्माण रहेको छ । यो फिल्म १६ सेप्टेम्बरमा रिलिज भएको थियो । (एजेन्सी)

Comments