मीराले ल्याइन् सांगीतिक ‘बहार’
screennepal
प्रकाशित: २०७३, ११ कार्तिक बिहीबार
no img

काठमाडौं, ११ कार्तिक । गायिका मीरा कार्की ‘बहार’ लिएर आएकी छन् । मीराको गीति एल्बमलाई कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार प्रकाश गुरुङलगायतले बधुबार राजधानीमा सार्वजनिक गरे ।
कार्यक्रमलाई स्वागत गर्दै गीतकार एवं बहार एल्बमका निर्माता विष्णु कार्कीले गीतसंगीतको क्षेत्रमा भएको यो सुरुवातले निरन्तर रुपमा मिरालाई सांगीतिक क्षेत्रमा क्रियाशील गराउने बताएका थिए । एल्बमको समीक्षा गर्दै गायक संगीतकार टीका भण्डारीले अब गायिका मिराको स्वरअनुसार निरन्तर गायनमै लागेदेखि सदाबहार बन्न सक्ने खुशी भएको बताए । त्यसैगरी गायक किरण प्रधानले गायिका मिरालाई गायिका बनाउने विष्णु कार्कीले गरेको मेहनतको प्रशंसा गरेका थिए ।

007
त्यस्तै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मिराको प्रगति दिनप्रतिदिन चुलियोस् भन्दै शुभकामना दिए । त्यस्तै कार्यक्रमका सभापति एवं गायिका मिरा कार्कीको गुरुसमेत रहेका संगीतकार प्रकाश गुरुङले आफूलाई नै थाहा नभई उनले एल्बम बजारमा ल्याएको देख्दा उनको मेहनत देखेर खुशी लागेको बताए ।
म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त विमोचन कार्यक्रमको सुरुवातमा सिर्जना ज्ञानसागर स्कुलका विद्यार्थीहरुले एल्बममा समावेश रहेको हिंड्छु म बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेका थिए । कार्यक्रममा शिर शिर बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए ।
एल्बमभित्र पाँचवटा गीत समावेश गरिएको छ । जसमा शिरशिर, कसम तिम्रै, तिमी आयौ, हिंड्छु म, सानो एउटा कुराले जस्ता गीत समावेश गरिएका छन् । विष्णु कार्की, सुमन श्रापित र गायिका मिरा कार्कीको शब्द रहेको यस एल्बमको सबै गीतको संगीत र एरेन्ज भने बीबी अनुरागीको रहेको छ । एल्बमलाई ओपल अडियो भिडियोले बजार प्रबद्र्धन गरेको छ ।

Comments