नाम्दुको समाजसेवी मन !
screennepal
प्रकाशित: २०७३, १ कार्तिक सोमबार
no img

काठमाडौं, १ कार्तिक । मोडल नाम्दु शेर्पाले समाजसेवातिर पनि सक्रियता देखाएकी छन् । दशैंको विदा मनाउन आफ्नो गृह जिल्ला कैलाली पुगेकी नाम्दुले एक आश्रममा आश्रित अनाथ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर समाजसेवाप्रति चासो देखाएकी हुन् ।

aaaa-2
नाम्दुले धनगढीको तारानगरस्थित जनजाती कल्याण आश्रम नेपालको ‘आमाको माया छात्रवास’मा रहेका अनाथ विद्यार्थीलाई आफ्नै खर्चले कापी, कलमलगायतका शैक्षिक सामग्री उपलब्ध गराएकी हुन् । जहाँ २८ जना अनाथ तथा असाहय बालबालिका आश्रित छन् । यो आश्रम त्यहीको स्थानीय समाजसेवी योगेन्द्र चन्दले सञ्चालन गर्दै आएको हो ।

aaaa-1
अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेपछि नाम्दुले भनिन्, ‘केही सहयोग पुगोस् भनेर दशैं खर्च कटाएर सहयोग गरेकी हुँ ।’ उनले त्यहाँ आश्रित अनाथ वालबालिकाको जीवनशैलीले मन आफ्नो मन छोरएको बताइन् । ‘फेरि पनि सहयोग गर्ने सोच बनाएकी छु’ नाम्दुले भनिन्, ‘यसपटक सोच्दै नसोची अचानक भएकाले थोरै मात्र सहयोग गर्न पाएँ ।’ आश्रममा १० देखि १४ वर्ष उमेरका किशोरहरु आश्रित छन् ।

aaaa
राजधानीलाई कर्मथलो बनाउँदै आएकी नाम्दु पछिल्लो समय मोडलिङमा सक्रिय छिन् । विशेषगरी नृत्यमा रुचि राख्ने नाम्दुले छोटो समयमै केही म्युजिक भिडियोमा मोडलिङ गर्न भ्याइसकेकी छन् ।

Comments