‘लठ्ठै…’ बनाउँने दर्शक कि मिलन ? (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १३ आश्विन बिहीबार
no img

काठमाडौं, १३ असोज । केही समयअघि मात्र ‘विश्व सुन्दरीझैं भाको छु’ भन्दै बाडुली कम्मर मर्काउँदै श्रोता तथा दर्शकमाझ देखिएकी गायिका मिलन अमात्यलाई कसले ‘लठ्ठै बनायो’ होला त ? यो उनै सुमधुर स्वरकी धनी मिलनै जानुन् । तर, उनको गायन प्रतिभा र नृत्यले भने उल्टै दर्शक तथा श्रोता ‘लठ्ठै’ छन् ।

milan
माधुर्य गायकी जादुले श्रोताको मन जित्न सफल मिलन अर्को म्युजिक भिडियोमा देखिएकी छन् । आफ्नै स्वर रहेको ‘लठ्ठै बनायो’ गीतको भिडियोमा मिलनले मोडलिङ गरेकी छन् । उनको स्वरजस्तै अभिनय पनि दर्शकले रुचाएका छन् ।
‘विश्व सुन्दरीझैं भाको छु’ गीतको भिडियोमा मोडलिङ गरेर आफ्नो सौन्दर्यता पस्केकी मिलनको यो सार्वजनिक भिडियो ‘मन’ एल्बममा समावेश छ । यस भिडियोमा उनी पुष्प खड्काका साथ देखिएकी छन् ।
निकेश खड्काले निर्देशन गरेको यो भिडियो निकै उत्कृष्ट छ । दीलिप पियाको शब्द र हरि लम्सालको संगीत रहेको यस गीतको भिडियोमा राजिभ समारले कोरियोग्राफी गरेका हुन् ।

Comments