लक्ष्मी भन्छिन्, ‘मोडलिङ मेरो रुचि’ (७ तस्बिरसहित)
screennepal
प्रकाशित: २०७३, १६ भाद्र बिहीबार
no img

laxmi yonghang, screennepal (6)

काठमाडौं, १६ भदौं । लक्ष्मी योङ्हाङ केही वर्षयता कला क्षेत्रमा संघर्षरत छिन् । विशेषगरी लक्ष्मी मोडलिङमा रुचि राख्छिन् । ‘मिस लिम्बू–२०१५’ मा ‘युमा कल्चरल अवार्ड’ पाएपछि मोडलिङमा आफूलाई थप प्रेरणा र हौसला मिलेको लक्ष्मीले बताइन् । उनले भनिन्, ‘गत वर्षको मिस लिम्बूमा मैले कल्चरल अवार्ड पाएकी थिएँ, त्यसपछि मलाई यस क्षेत्रमा लाग्ने थप प्रेरणा मिलेको छ ।’

laxmi yonghang, screennepal (1)

गायक स्वरुपराज आचार्यको ‘सधैं आँशु’ र जगत रानामगरको ‘टुहुरो’ बोल गीतको भिडियोमा अभिनय गरेपछि लक्ष्मी नेपाली मोडलिङको मूलधारमा देखिएकी हुन् । यसका अलावा थुपै्र लिम्बू भाषाका गीतमा मोडलिङ गरिसकेकी लक्ष्मीले भनिन्, ‘मेरो रुचि भनेकै मोडलिङ हो । तैपनि सोचेजस्तो फिल्मका लागि प्रस्ताव आयो भने अभिनय पनि गर्नेछु ।’

laxmi yonghang, screennepal (5)
पाँचथर, पौवा सारदाप–८ की लक्ष्मी हाल राजधानीमै बसेर कला क्षेत्रमा संघर्ष गर्दै आएकी हुन् । नृत्यमा समेत पारंगत लक्ष्मी भन्छिन्, ‘कला क्षेत्रमार्फत आफ्नो भेषभूषा, संस्कार तथा संस्कृतिको जर्गेना गर्ने मेरो उद्देश्य हो ।’

तस्बिर :शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागजार प्लाजा
मेकअप :सिर्जना कार्की
मोडल  : लक्ष्मी योङ्हाङ
परिहन : सिक्वेन्स फेसन हाउस
गंगबू बिजी मल (तेस्रो तला)

laxmi yonghang, screennepal (4)

laxmi yonghang, screennepal (3)

laxmi yonghang, screennepal

laxmi yonghang, screennepal (2)

Comments