‘मिस युनिभर्स नेपाल-२०२४’ हुने
screennepal
प्रकाशित: २०८०, २८ पुष शनिबार
no img

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२४’ आयोजना गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिटमा ‘मिस युनिभर्स नेपाल २०२४’ घोषणा गरिएको हो । ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’को फर्म आगामि अप्रिलमा खुल्नेछ । १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।

भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताईन् । ‘हामी नयाँ सोच लिएर आएका छौं । उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं ।’

पुरीले भनिन् । उनले यो वर्षदेखी मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिईन् । नेपालमा द हिडन टे«जरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो । यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो ।
ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताकि विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउँनेछिन् । छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ ।

प्रेस मिट्मा नेपाल पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, इमेज कन्सल्ट्यान्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिति रहेको थियो ।

‘युनिभर्स वुमन २०२४’ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाएकी थिईन् । ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो । नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो ।’

भ्यालेन्टिनाले सुनाईन्, ‘नेपाल आउँदा म मात्रै होईन मेरो परिवार पनि एकदमै उत्साहित छ ।’ उनले नेपाली महिलाहरुलाई ‘मिस युनिभर्स नेपाल २०२४’ मा सहभागि भएर आफ्नो करिअरमा एक इट्टा थप्न प्रेरित गरिन् ।

यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेजले नेपाली महिलाहरुलाई मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी हुन प्रेरित गरेका थिए ।

ग्लोबल ग्ल्यामर भेन्चरकि संस्थापक संगीता पुरी तथा अध्यक्ष आलोक क्षेत्रीले ‘मिस युनिभर्स नेपाल २०२४’ लाई सफल पार्न सबैको साथ, सहयोगको जरुरी रहेको बताए । मिस यूनिभर्स नेपाल २०२४को बिजेता घोषणा आगामी सेप्टेम्बरमा गरिनेछ ।
यस्तै यस प्रतियोगीतामा बिवाहित र अबिवाहित सबै महिलाले सहभागीता जनाउन पाउनेछन् । बिजेताले मिस युनिभर्स २०२४ कोलागी मेक्सिकोमा ९० देशसँग नोभेम्बरमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ ।

Comments