जापानकी एरिकाले जितन् मिस हेरिटेज उपाधि
screennepal
प्रकाशित: २०८०, १८ मंसिर सोमबार
no img

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा सम्पन्न प्रतियोगितामा मिसेसतर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभाले शीर्ष ताज पहिरिन सफल भएकी छन् । उनले मुख्य उपाधिसहित मिसेस पर्सनालिटी अवार्डसमेत पाइन् ।

यस्तै, मिसतर्फ जापानकी एरिका हाराले ताज पहिरिन सफल भइन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भइन् । प्रतियोगितामा मिसेसतर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्सअप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्सअप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्सअप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्सअप भए ।

यसैगरी मिसतर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्सअप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्सअप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्सअप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स भए ।

नेपालका सन्तोष सापकोटा अध्यक्ष रहेको ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना संचालन भएको सो प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् । प्रतियोगिताको कोरियोग्राफरका रुपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली थिए ।

प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दुर्गा बिशुराल, आशिष कँडेल र पूर्वमिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन गरेका थिए ।

प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसवर्षदेखि शुरुवात गरिएको थियो ।

सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा थाईल्याण्डका नृत्य कलाकारले प्रस्तुति दिएका थिए ।

Comments