रहेनन् लोकप्रिय गायक खेमराज गुरुङ
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

लोकप्रिय गायक खेमराज गुरुङको उपचारको क्रममा बिहिबार साँझ ५:३० बजे चाहविल स्थित मेडिकेयर अस्पतालमा निधन भएको छ |
maxresdefault (1)
४२ बर्षिय गुरुङ बिगत १० दिन देखि कलेजोमा समस्या संगै जन्डिसले थालिए पछि पछि अस्पताल भर्ना भएर उपचाररत थिए | बिहिबार अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिए पछि भेन्टिलेटरमा राखिएर उपचार गरिएको थियो |

गुरुङको वारी जमुना परि जमुना ,लागएत दर्जनौं गीत संगीत लोकप्रिय रहन सफल छन् |

संखुवासभामा जन्मिएका गुरुङ नेपाली गीत-संगीतका एक होनहार प्रतिभा थिए | उनले गीत गाउने मात्र नभई गीत लेख्ने र संगीत गर्ने समेत गर्थे | उनले सिर्जना गरेका दर्जनौ गीत संगीत लोकप्रीय रहेका छन् |

गुरुङको निधनको खबरले यतिखेर सम्पूर्ण गीत-संगीत प्रेमीहरु स्तब्ध बनेका छन्|

Comments