नाटक युमा : सिर्जनालाई गाली होइन ताली (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १४ जेष्ठ शुक्रबार
no img

Yuma7

काठमाडौं । कलासँग जोडिएका जो–कोहीका लागि सर्वविदितै छ सिर्जना सुब्बा रंगमञ्चकी एक शसक्त अभिनेत्री हुन् । आफ्नो जीवन्त अभिनय कलाकै कारण उनी एकपछि अर्को खुड्किलो चढ्दैछिन् । रंगमञ्चमा होस् वा पर्दामै किन नहोस्, कलाका खुड्किलाहरु पार गर्दै आउँदा उनी ‘युमा’सम्म आइपुगेकी छन् । सिर्जना निर्देशित नाटक ‘युमा’ यतिखेर अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुँदै आएको छ । यस नाटकमा अभिनयमा जस्तै निर्देशन कलामा पनि सिर्जनाको दम र क्षमता पाइन्छ  ।

Yuma5
दर्जनौ नाटकमा अभिनय गरिसकेकी सिर्जनाका लागि ‘युमा’ एउटा टर्निङ प्वाइन्ट हो । अब उनी अभिनेत्रीमात्र होइन, ‘युमा’मार्फत निर्देशक बनेकी छन् । ‘युमा’ को निर्देशनसँगै सिर्जनाले एउटा आफ्नो इच्छा पनि पूरा गरेकी छन् किनकि, पछिल्लो केही वर्षयता उनी भन्दै आएकी थिइन्, ‘अभिनयपछि मेरो उद्देश्य नाटक निर्देशन गर्नु हो ।’

Yuma3
‘युमा’ एक नारी पात्र हो । नाटकले नारीको अवाज ओकल्छ । सरसर्ती ‘युमा’ यही हो । तर होइन, नाटक ‘युमा’ मा सिर्जनाको कला र शिल्पी हेर्न लायक छ । आख्यानकार युग पाठकले लेखेको यस नाटकमा नारी आवाज र पीडामात्र छैन । वर्तमान परिवेश छुने प्रेमकथा पनि छ ।

Yuma0-
नाटक ‘युमा’ लिम्बू मिथकमा आधारित छ । युमा (सिर्जना) लिम्बू समुदायकै युवती हुन्छिन् जो नाटकको मुख्य पात्र हुन् । जसले गर्दा पनि नाकट ‘युमा’ लिम्बू संस्कृति र मिथक वरीपरी घुम्छ भन्ने नामैले दर्साउँछ । अनि जब मञ्चन भइरहँदा संयोजन गरिएको ध्वनी तथा संगीतले झनै प्रस्ट पार्छ कि ‘युमा’ नाकटमा लिम्बू समुदायको मिथकलाई प्रयोग गरिएको हो ।
‘युमा’ को कथासारमा निर्देशक सिर्जनाले आफ्नो कौशल राम्रै प्रस्तुत गरेकी छन् । नाटक हेरिरहँदा लाग्छ, ‘युमा सिर्जना सुब्बा निर्देर्शित पहिलो नाटक होइन ।’ नाटक हेरिसकेपछि सिर्जनाको कामलाई प्रशंसा नगर्ने दर्शक देखिएन । ‘युमा’ मा निर्देशक आफै मूख्य चरित्रमा देखिनुले पनि दर्शक उत्साहित हुन्छन् । लिम्बू संस्कृतिमा ‘युमा’ आफैमा एक शक्तिशाली नारी पात्र हो । सोही अनुरुप नाटकमा सिर्जनाले व्यवहारिक कलाको नेतृत्व पनि गर्छिन् । नाटक ‘युमा’ नारीपात्रमा केन्द्रीत भएकाले पुरुषवादलाई व्यंग्य गरिएको छ भने अर्कोतिर वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको प्रभाव तथा मनोविज्ञानलाई यर्थातपरक रुपमा नाटकमा उतारिएको छ ।

Yuma
‘युमा’ मा सिर्जनाका अलावा पशुपति राई, अंकित खड्का, जीवन भट्टराई, लक्ष्मी बर्देवा, केनिपा सिंह, सुलक्षण भारती, सरिता साह, सन्देश लामिछाने, विनिता गुरुङ र रञ्जना ओलीले अभिनय गरेका छन् । सबै कलकारको अभिनय प्रसंशा योग्य छ । यो नाटक ३१ गतेसम्म मञ्चन हुनेछ । तस्बिर : नविन गुरुङ/streetnepal.com 

Comments