पुर्वगृहमन्त्री घिमिरेको ‘मोडहरुमा म’
screennepal
प्रकाशित: २०७२, ६ चैत्र शनिबार
no img

काठमाडौं । पूर्वगृहमन्त्री भोजराज घिमिरेको संस्मरणात्मक पुस्तक ‘मोडहरुमा म’ पाठकमाझ आएको छ । पुस्तकको शनिबार एक समारोहबीच विमोचन सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले पुस्तक सार्वजनिक गरेका थिए ।

Mod Haruma Ma ko Bimochan pic
महोत्तरी परिवार, काठमाडौंको आयोजनामा सम्पन्न विमोचन कार्यक्रममा प्रमुख अतिथि डा.घिमिरेले विमोचित पुस्तक इतिहासको गम्भीर अध्ययन गर्नका लागि एउटा सुत्र भएको उल्लेख गरे ।
महोत्तरी परिवारका अध्यक्ष किरण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी जिल्लाका वरिष्ठ व्यक्ति पूर्वप्रधानन्यायाधीशहरु केदारनाथ उपाध्याय, केदारप्रसाद गिरी, रामकुमार प्रसाद शाह, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, राजनीतिज्ञ नवराज सुवेदी, प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र, प्रा. महेन्द्रनारायण मिश्र, विमलकुमार शर्मा, ऋषिराज घिमिरे, राजेश खनाल, विजय रौनियार र नारायण प्रसाद घिमिरेले पुस्तकका लेखक भोजराज घिमिरेका विषयमा प्रकाश पारेका थिए । पुस्तकको सम्पादन पत्रकार राजेश खनालले गरेका हुन ।

Comments