प्रिन्स बने नवौ बिगबोस
screennepal
प्रकाशित: २०७२, १० माघ आईतवार
no img

मुम्बई, एजेन्सी । ‘बिगबोस’ सिजन–९ को विजेता प्रिन्स नरूला बनेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा रोशेल राव, मन्दना करिमी र ऋषभ सिन्हालाई उछिन्दै प्रिन्स नरूला विजेता बनेका हुन् । प्रिन्सले ३५ लाख १८ हजार ९०९ भोट ल्याएर विजयी भएका हुन् भने उनका स्पर्धी ऋषभ सिन्हाले ३४ लाख १ हजार ८८९ मत ल्याएका थिए ।

princenarula biggboss759

Agency Photo

त्यस्तै, मन्दनाले ३२ लाख ६७ हजार ८ मत ल्याए भने रोशेलले २७ लाख ५६ हजार ७०८ मत ल्याएका थिए । ‘बिगबोस’ को समापनमा ‘कमेडी नाइट्स बचाओ’की भारती सिंह र कृष्णा अभिषेक पनि मञ्चले आफ्नो प्रस्तुती दिएका थिए ।
टेलिभिजन रियालिटी शो ‘बिग बोस’ को यस ९औं संस्करणमा निकै रोमान्टिक भएको थियो । कार्यक्रमको फाइनलमा बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफ एकसाथ देखिएका थिए, जो पूर्वप्रेमी–प्रेमिका हुन् ।

Comments