देविकालाई ‘घुम्रेको केशै राम्रो’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १० माघ आईतवार
no img

काठमाडौं । लोकदोहोरी गायिका देविका केसी यतिखेर कतारमा छिन् । तर, कतार भएर के नै भयो र ? उनी त्यहाँबाटै दर्शक तथा श्रोतासँग घुम्रैको केशको कुरा गर्दैछिन् । देविका यस्तो गायिका हुन्, जो गीत रेर्कड गर्न नेपाल आउँछिन् र म्युजिक भिडियोचाहिँ उत्तैबाट सार्वजनिक गर्छिन् । यस्तै, यसपटक उनले आफ्नो नयाँ लोकदोहोरी एल्बम ‘घुम्रेको केशै राम्रो हो’ को शीर्ष गीतलाई म्युजिक भिडियोमा ल्याएकी छन् । उक्त गीतमा देविकालाई सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन् । गीतमा ‘घुम्रेको केशै राम्रो हो’ भनिएको छ ।

Devika

वास्तविकतामा भन्नुपर्दा अर्के होला । तर, देविका आफ्नो गीतमा भने ‘घुम्रेको केशै राम्रो हो’ भन्दै घुम्रेको केशमा लोभिएकी छन् । एकनारायण भण्डारीको शब्दरचना र संगीत रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । करण चैसिरको छायांकन रहेको यस गीतमा सन्दीप न्यौपाने, बिनु र ओवीको अभिनय हेर्न सकिन्छ छ ।

Comments