‘पृथ्वी पारी…’ गीतमा रीमा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

काठमाडौं । पृथ्वी पारीको गीत यु–ट्युबमार्फत श्रोता/दर्शकमाझ आएको छ । गायिका मनिला सोताङको स्वर रहेको ‘पृथ्वी पारी…’ बोलको गीतलाई म्युजिक भिडियोमा पस्किएको हो । शंकर के. राईको शब्दरचना रहेको यस गीतमा डिबी खड्काले संगीत दिएका छन् ।

pppp
यो म्युजिक भिडियो केही दिनअघि राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । त्यसैदिन यु–ट्युबमा सार्वजनिक गरेको यस भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । यस भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्माको अभिनय छ । गीतकार राईले ‘पृथ्वी पारी…’ लाई विशुद्ध मनोरञ्जन प्रदान गर्ने गीत भनेका छन् । यस गीतलाई अंग्रेजीमा पनि सबटाइटल गरिएको छ । हेरौं ‘पृथ्वी पारी…’ गीतको यो भिडियो । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments