‘बिगबोस’को फिनालेमा सलमान–कट्रिना सँगै देखिँदै
screennepal
प्रकाशित: २०७२, ९ माघ शनिबार
no img

मुम्बई, एजेन्सी । टेलिभिजन रियालिटी शो ‘बिग बोस’ को ९औं संस्करणको फाइनल आज हुँदैछ । यो फाइनल शो दर्शकका लागि निकै रोमान्टिक हुनेछ किनकि यसमाबलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफ एकसाथ देखिँदैछन् । ‘बिग बोस’ को यस संस्करणमा चार प्रतियोगीबीच बीच कडा स्पर्धा हुनेछ । जसमध्येबाट एक विजेता घोषित गरिने छ ।

salman
सलमान र कट्रिनाबीच पूर्वप्रेमी–प्रेमिकाको सम्बन्ध छ । त्यसैले यी दुई एकसाथ स्टेजमा देखिँदा दर्शकले रमाइलो मान्नेछन् । अर्कोतिर केही दिनअघि मात्र कट्रिना र रणबीर कपूरको ‘ब्रेकअप’ भएको थियो । तर, यसअघि नै सलमान र कट्रिनाबीच कुराकानी हुन थालेको थियो । कट्रिना आफ्नो आगामी फिल्म ‘फितूर’को प्रचारका लागि शोमा सहभागी हुन लागेकी हुन् । साथै यस शोमा कट्रिनाका ‘फितूर’ का आफ्ना सह–अभिनेता आदित्य राय कपूर पनि देखिँदैछन् ।

‘बिगबोस’ को फिनालेमा रोशेल राव, मन्दना करिमी, प्रिन्स नरूला र ऋषभ सिन्हाजस्ता प्रतियोगी छन् । ऋषभले ‘वाइल्ड कार्ड’ पाएर शोमा प्रवेश गरेका थिए । साथै ‘बिगबोस’ को समापनमा ‘कमेडी नाइट्स बचाओ’की भारती सिंह र कृष्णा अभिषेक पनि मञ्चमा देखिँदैछन् । कार्यक्रममा टेलिसिरियल ‘नागिन’का मौनी रोय तथा बालकलाकार सिद्धार्थ निगमले पनि आफ्नो प्रस्तुती राख्दैछन् । यो शो गएको अक्टुबरबाट शुरू भएको थियो ।

Comments