पाकिस्तानी पत्रिकामा नरगिसको ‘अश्लील’ विज्ञापन !
screennepal
प्रकाशित: २०७२, ६ पुष सोमबार
no img

मुम्बई (एजेन्सी) । एक विज्ञापनमा ‘अश्लील’ पोज दिएको भन्दै अहिले बलिउड अभिनेत्री नरगिस पाखरीको आलोचना भइरहेको छ । पाकिस्तानका उर्दु भाषाको पत्रिका ‘जंग’ को पहिलो पृष्ठमा प्रकाशित विज्ञापनलाई लिएर सोसल मिडियामा यी अभिनेत्री आलोचित भएकी हुन् । आलोचना गर्नेहरुले उक्त विज्ञापनलाई ‘अश्लील’ भनेका छन् । केही पत्रकारले समेत उक्त विज्ञापनलाई ‘अश्लील’ भन्दै निन्दा गरेका छन् । विज्ञापनमा नरगिस रातो पहिरनमा हातमा मोबाइल फोन समातेर सुतेकी देखिएकी छन् ।

nargis

पाकिस्तानका खोज पत्रकार अन्सार अम्बासीले यस विज्ञापनको सबैभन्दा पहिलो आलोचना गरेका थिए । उनले ट्विट गरेका छन्, ‘आज जंगको पहिलो पृष्ठमा छापिएको अश्लील विज्ञापनलाई लिएर जंगको टप गु्रप मेनेजमेन्टप्रति मेरो कडा आलोचना छ ।’ उनले जंगलाई प्लेब्वाय जस्तो भएको संज्ञा पनि दिएका छन् । यसरी नरगिस र पत्रिकाको आलोचना गर्नेहरु सोसल मिडियामा बढ्दै गएका छन् । तर, पत्रिका र अभिनेत्री नरगिसले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
Nargis_Add21

Comments