दशैंका लागि ‘दुर्गा माताको आर्शिवाद’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २७ आश्विन बुधबार
no img

काठमाडौं । नेपालीको घर–आँगनमा दशैं भित्रिसकेको छ । नेपालीले महान चाडका रुपमा मनाउने दशैं घटस्थापनासँगै सुरु भएको हो । यससँगै दशैं झल्काउने गीतसंगीतहरु पनि धमाधम आउन थालेका छन् । रमाइलो रुपमा मनाइने पर्व भएकाले पनि तिज, तिहार र दशैंबारे कलाकारले गीत गाउँदै आएका छन् । यसैक्रममा दशैंका लागि भनेर गायक प्रकाश सपुत र गायिका सम्झाना भण्डारीले पनि एउटा गीत रेकर्ड गरेका छन् । ‘दुर्गा माताको आर्शिवाद’ बोलको उक्त दशैै गीतको म्युजिक भिडियोसमेत तयार भइसकेको छ ।

prakash
शिव हमालको शब्द तथा लय रहेको यस दशैं गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । पृथ्वी इन्टरटेनमेन्टले निर्माण तथा व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोमा कलाकारद्वय सपुत र सम्झनाका अलावा रञ्जिता गुरुङले अभिनय गरेका छन् । केही दिनअघि मात्र यु–ट्युब र विभिन्न टेलिभिजन च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियो यहाँ प्रस्तुत गरिएको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=vS08Wup8loI

Comments