इजरायलमा रहेकी इशाको ‘परेली’ काठमाडौंमा सार्वजनिक
screennepal
प्रकाशित: २०७२, २२ आश्विन शुक्रबार
no img

काठमाडौं । इजरायलमा बस्दै आएकी गीतकार इशा लावती लिम्बुको गीति संग्रह ‘परेली’ को शुक्रबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीति संग्रहको लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. विष्णुविभु घिमिरेले प्रेम र विरहका गीत लेख्नेहरुले देशप्रेमलाई पनि सम्झनुपर्ने बताए । उनले नयाँ पुस्ताले सिर्जना गरेका गीतहरुको प्रष्ट मुल्यांकन हुनुपर्ने औंलाए । गीतकार संघका महासचिव शुभ मुकारुङले यतिबेला गीत संगीतमार्फत देशभक्तीको सन्देश फैलाउनुपर्ने बताए । त्यस्तै, समाचोलक लिला लुईटेलले पनि प्रेमगीत बढी हुँदै गएकाले अब राष्ट्रप्रेमलाई पनि प्राथमिकता दिनुपर्ने बताइन् । ब्रिटिस गोर्खा नेपाली परिषद, बेलायतको सहयोगमा परिषदको नेपाल च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा इजरायलमा रहेकी गीतकार इशा लावतीले भाइबरबाट गीत लेखनको अनुभव सुनाएकी थिइन ।

IMG_8781
ब्रिटिस गोर्खा नेपाली परिषदको विदेश विभाग, उप–प्रमुख रहेकी लावतीको यसअघि ‘पहिलो माया’ आधुनिक गीती एल्बम तथा ‘मुक्त आकाश’ मुक्तक संग्रह बजारमा छ । कार्यक्रममा बुलु मुकारुङ, लक्ष्मण शेष, विपिन किरण, योगेन्द्रमणि दाहाल, राधेश्याम लेकाली, विश्वदीप तिगेलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा इशाको शब्दरचना रहेको एउटा गीत नवगायिका प्रकृति थलङले गाएर सुनाइन् ।

Comments