…त्यसपछि चम्किए सन्तोष श्रेष्ठ (व्यक्तित्व)
screennepal
प्रकाशित: २०७२, ६ आश्विन बुधबार
no img

सुमन बैरागी

काठमाडौं । सुगम संगीतको इतिहासमा दोस्रो पुस्ता धान्न सफल संगीतकार हुन् सन्तोष श्रेष्ठ । श्रोता/दर्शक सामूहिक रुपमा भेटको माध्यम लोकदोहोरीलाई बनाइरहेको बेला सन्तोषको उदय भएको हो । लोकदोहोरी नै उनको सांगीतिक करिअरको उद्गम विन्दू पनि हो । लोकदोहोरीमै आफ्नो जिन्दगी भुलाइरहेका सन्तोषले एकाएक सुगमसंगीतमा एउटा इतिहास रचे । लोकदोहोरीमा लागेकाले आधुनिक संगीतमा माखो मार्न सक्दैनन् भन्नेहरुको बीचमा उनी एउटा उदाहरण बने । ०६६ तिर एउटा सुगम संगीतलाई बजारमा ल्याए, त्यो नै दोस्रो पुस्ताका सुगमसंगीतमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । त्यो गीत हो, ‘तिम्ले पराई ठानेपछि…’  लोकदोहोरी भनेपछि हुरुक्क हुनेका लागि त उनी परिचित थिए नै, तर लोकदोहोरीलाई हेप्ने प्रवृत्तिका अगाडि पनि त्यसपछि उनी एउटा खम्बाका रुपमा दरिए । गजलकार लोकराज अधिकारी रचना र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘तिम्ले पराई ठानेपछि…’ मा उनको संगीत जब बजारमा आयो त्यसपछि सुगम संगीतको फाँटमा जताततै चर्चा मिल्यो ।

santosh

दाङको हापुर–८ बगियाका सन्तोष भन्छन्, ‘घरको सांगीतिक वातावरण नै मेरो प्रेरणाका स्रोत हुन् ।’ उनले संगीत साधना गाउँघरका दौंतरीसँगै सुरु गरेका थिए । सानैदेखि आफ्नो नेतृत्वमा क्लव स्थापना गर्ने, देउसी भैलो देल्ने, अर्थ संकलन गर्ने र जम्मा भएको रकमबाट सिर्जनात्मक सामाजिक क्रियाकलाप गर्दै आएका सन्तोषको गाउँबाटै माध्यमिक तहको शिक्षा पूरा गरेर सन्तोष जब सदरमुकाम घोराही छिरे, तब उनको सांगीतिक यात्राको शुभारम्भ भयो ।

०६२ सालतिर यिनले ‘चिनारी’ नामक आधुनिक एल्बम बजारमा ल्याए । त्यसले पनि उनी सांगीतिक क्षेत्रमा रामै्र स्थापित भए । लोकदोहोरीबाट आधुनिकतर्फ उन्मुख भएका सन्तोष एक समय मन दुखाउँदै परदेशिएका पनि थिए । पुनः स्वदेश फर्केलगत्तै ल्याएको गीत हो, ‘तिम्ले पराई ठानेपछि…’ जुन गीत नेपाली सुगमसंगीतका लागि एउटा उदाहरण बन्यो । यो गीत सबैभन्दा बढी सिआरबिटी डाउनलोड गर्न सफल भयो र लोकप्रियता पनि सबैभन्दा बढी कमायो ।
‘चिनारी’ एल्बममै रहेको ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’ बोलको गीत रामकृष्ण ढकालको आवाजमा हुँदा चर्चा मिलेको थिएन । त्यही गीत सन्तोष श्रेष्ठको तेश्रो एल्बम ‘संगम’ मा समावेश गरी अन्जु पन्तको स्वरमा बजारमा आएपछि अझ सन्तोषको चर्चा शिखरमा पुग्यो । त्यसपछि संगीतकार सन्तोष श्रेष्ठलाई पछि फर्केर हेर्नुपर्ने परेको छ्रन ।
सन्तोष श्रेष्ठ भन्नेवित्तिकै एउटा सांगीतिक धारको चित्र सबै संगीतकर्मीको मनमा झल्किने गर्छ । त्यसो त सबैभन्दा बढी संगीत गरिएका गीतको शब्दमा ‘तिमी’ उनको गीतमा देखिन्छ अर्थात् उनलाई ‘तिमी’ संगीतकारको रुपमा पनि चिनिन्छ । सन्तोष श्रेष्ठले संगीत गरेका तिम्ले पराई ठानेपछि, तिम्ले भुल्न सके पनि, तिम्ले सधैं पीडा दियौ, तिम्ले हाँसो, तिमी भन्छ्यौ, तिम्लाई सन्चो छैनजस्ता ‘तिमी’ आएका गीतहरु उनका सर्वाधिक लोकप्रिय छन् ।
दाङको हापुर–८ बगियाका सन्तोष भन्छन्, ‘घरको सांगीतिक वातावरण नै मेरो प्रेरणाका स्रोत हुन् ।’ उनले संगीत साधना गाउँघरका दौंतरीसँगै सुरु गरेका थिए । सानैदेखि आफ्नो नेतृत्वमा क्लव स्थापना गर्ने, देउसी भैलो देल्ने, अर्थ संकलन गर्ने र जम्मा भएको रकमबाट सिर्जनात्मक सामाजिक क्रियाकलाप गर्दै आएका सन्तोषको गाउँबाटै माध्यमिक तहको शिक्षा पूरा गरेर सन्तोष जब सदरमुकाम घोराही छिरे, तब उनको सांगीतिक यात्राको शुभारम्भ भयो । औपचारिक रुपमा भने ०५६ सालदेखि आफ्नो सांगीतिक यात्रा सुरु भएको उनले बताए ।
यहाँसँम्म आइपुग्दा उनले थुप्रै पुरस्कार र सम्मानहरु पाइसकेका छन् । ०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकै वर्ष उनले ‘सर्वाेत्कृष्ट राष्ट्रिय दोहरी गायक पुरस्कार’ पाएका थिए । दर्जनौ पुरस्कार र अवार्ड पाइसकेका सन्तोषले १४ वटा एकल एल्बममा संगीत गरेका छन् । त्यस्तै, उनलो सयौं लोकदोहोरी संकलन र स्वरसमेत भरिसकेका छन् । पछिल्लो पुस्ताका चर्चित गायकगायिका अन्जु पन्त, शिशिर योगी, स्वरुपराज आचार्य, प्रमोद खरेल, शिव परियार, मनोजराज, रिमा गुरुङ होडा लगायतको स्वरमा उनका संगीतले ठाउँ पाएका छन् । त्यस्तै आँसु गजलसंग्रह र अधुरो लघुकथासंग्रहसमेत प्रकाशन गरिसकेका संगीतकार श्रेष्ठले आफ्नै स्वरमा आधुनिक गीत गायनबाट एकल साँझ समेत गरिसकेका छन् ।
अहिलेसम्म भारत, ओमन, बहराइन, कतारजस्ता देशहरुको विशेष सांगीतिक भ्रमण गरिसकेका सन्तोष भन्छन्, ‘यदि गीतसंगीत नचलेको भए म संगीतमा नै हुन्थें तर कुन स्थानमा हुन्थें भन्ने चाहिँ पक्कै हो ।’ गहिरो अभिरुची, दृढ इच्छाशक्ति एवं निरन्तर त्याग, तपस्या र साधनाले कुशल संगीतकार बन्न सकिन्छ भन्ने सन्तोषसँग सिर्जनाका हिसाबले सबैको प्रिय बनेको अनुभव छ । उनी भन्छन्, ‘मेरो सम्पूर्ण जिन्दगी नै संगीतमा छ, मेरो कुनै व्यवसाय छैन ।’

Comments