बेलायतदेखि अन्नपूर्ण हिमशृंखलासम्म ‘हाइवे टु धम्पुस’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १ आश्विन शुक्रबार
no img

काठमाडौं । नेपालको कथावस्तु समेटेर अधिकांश नेपालमै छायांकन गरिएको हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ ८ असोजबाट प्रदर्शनमा आउने भएको छ । चलचित्र नेपालका सम्पूर्ण मल्टिपलेक्सहरुमा लाग्नेछ । नेपालका विभिन्न सांस्कृतिक र भौगोलिक सौन्दर्य उजागर गरिएको यस चलचित्रमा मुख्यतः नेपाली कलाकारको अभिनय अमेरिकी दर्शकहरुका लागि पस्किइएको छ । झण्डै दुई दर्जन नेपाली चलचित्रका काम गरेका चर्चित नायक राजवल्लभ कोइरालाले यसमा नायकको भूमिका निभाएका छन् । साथै, चलचित्रमा सुयशा राणाले नायिका र देशभक्त खनालले समेत महत्वपूर्ण भुमिकामा अभिनय गरेका छन् । यसका अलावा अन्य हलिउडकै कलाकारको पनि यसमा अभिनय छ । संसारभरिका विभिन्न चलचित्र महोत्सवमा भाग लिएर प्रशंशा र उत्कृष्ट चलचित्र अवार्डहरु समेत हात पारिसकेको यस चलचित्र नेपाली दर्शकले समेत मनपराउने आशा निर्माणपक्षले राखेका छन् । यस चलचित्रको प्रदर्शनका निम्ति अमेरिकामा रहेका राजबल्लभ कोइराला र चलचित्रका निर्देशक नेपाल आउने भएका छन् ।

A-Scene 6-28_RoughCUT 3_Scene_14-A16_75_00000

नेपालमा चलचित्र प्रदर्शनबाट आएको मुनाफाको ४० प्रतिशत रकम भने ‘माइन्ड द ग्याप वल्डवाइड’ नामक गैरसरकारी संस्थामार्फत नेपालको भूकम्पपीडित एवं अन्य विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ । यस चलचित्रले यसअघि पनि बेलायत, अमेरिका र अष्टे«लियामा च्यारिटी शो गरेर नेपालका भूकम्पपिडितलाई सहयोग पठाइसकेको छ ।

Kids
फिफ्टी फिल्मस नामक कम्पनीले उत्पादन गरेको यस चलचित्रका निर्देशक रिक म्याकफरल्याण्ड हुन् भने निर्माता जोन डे व्लास हुन् । यस चलचित्रको प्रोमो युटयूवमा प्रशारण भइसकेको छ भने टेलिभिजन र फिल्म हलहरुमा समेत देखाउन थालिसकिएको छ । नेपालको लागि वितरणको जिम्मेवारी भने आइसफल प्रोडक्सन्स प्रालिले पाएको छ ।

raj2

हाइवे टु धम्पुस मा के छ ?
बदमाशी र हर्कत गरेर आफनो चरित्र धुमिल पारेकी बेलायतकी एक सम्पन्न परिवारकी वारेश एलिजावेथलाई केही सेवामूलक र सामाजिक काम गरेर आप्mनो बानी र चरित्रमा सुधार ल्याओस् भनेर उसको परिवारले एक फोटो पत्रकारका साथ नेपालको अन्नपूर्ण हिमश्रृंखला देखिने एक गाउँमा संचालन भइरहेको एक अनाथालयमा पठाउँछन् । उनलाई पाइलट र भाषा अनुवादकको भूमिका रहेका अजित थापा ‘राजबल्लभ कोइराला’ र अनाथालयकी संचालकको भूमिकामा रहेकी लक्ष्मी ‘सुयशा राणा’ले पनि मार्ग निर्देशन दिएर सहयोग गर्छन् । उनको नयाँ भूमिका, अजित र लक्ष्मीको प्रेमकथाको खुलासा र यसैबीच घट्ने अनेक घटना र त्यसले सबैको जिन्दगीमा पारेको प्रभाव र ल्याएको परिवर्तनमा चलचित्र घुमेको छ ।

suesha7

Comments