सुनितालाई अमेरिकामा ‘डब्लुएफसी अवार्ड’
screennepal
प्रकाशित: २०७२, २१ भाद्र सोमबार
no img

काठमाडौं । नेपाली नारीको विशेष पर्व तिजको रौनकले गाउँसहर छोइसकेको छ । तर  ‘तिज क्विन’ का रुपमा चर्चित लोकगायिका सुनिता केही सातायता अमेरिकाको विभिन्न राज्यमा सांगीतिक कार्यक्रममा व्यस्त छिन् । सांगीतिक कार्यक्रमको सिलसीलामा रहेकी सुनितालाई अमेरिकाको न्युजर्सीमा ‘डब्लुएफसी अवार्ड’ प्रदान गरिएको छ । न्युजर्सीस्थित वुमेन फर कज अथात् कारणका लागि महिला ‘डब्डुएफसी’ले एक भव्य तिज कार्यक्रमबीच सुनितालाई अवार्ड’ प्रदान गरिएको  हो । नेपाली लोकसंगीतको विश्वश्वव्यापी प्रवद्र्धनमा टेवा पु-याएको भन्दै सुनितालाई अवार्ड’ प्रदान गरिएको डब्लुएफसीले जनाएको छ । यो अवार्ड पाउने सुनिता पहिलो नेपाली सेलिब्रेटी हुन् ।

sunita
विशेष सांस्कृतिक कार्यक्रमबीच सम्मान कार्यक्रम राखिएको थियो, जहाँ अनेसास पूर्वअध्यक्ष गीता खत्री, न्युजर्सी नेपाल समाजका अध्यक्ष श्याम कार्की, मुस्ताङ क्युदुङका राजकुमार विष्ट, एनआरएन युएसए न्युजर्सी च्याप्टरका अध्यक्ष मुकुन्दराज ओझा र नेपाली जनसम्पर्क अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष महासचिव महेश मल्ललगायतका व्यक्तित्वहरुको उपस्थिती थियो ।
अमेरिकामा रहेकी सुनिता केही दिनमै क्यानडामा जाँदैछिन् । तर, क्यानडा जानुअघि क्यालिफोर्नियामा दुई कार्यक्रम गर्ने सुनिताले अनलाइनमार्फत बताइन् । ‘क्यालिफोर्नियामा कार्यक्रम सकेपछि यतैबाट क्यानडा जाँदैछु’ सुनिताले भनिन्, ‘क्यानडापछि इजरायल जाँदैछु । यो वर्षको मेरो तिज इजरायलमै हुनेछ ।’ क्यानडामा तिज च्यारिटी कार्यक्रमका नेपालको भूकम्पपीडितको सहयोगार्थ गर्न लागेको सुनिताले बताइन् ।

sun
केही वर्षयता व्यस्ताका कारण नेपालमा तिज पर्व मनाउन नपाएकी सुनिताले भनिन्, ‘नेपालमा नमनाए पनि नेपालीमाझ नै मनाउँदै आएकी छु ।’ नेपाली नारीको विशेष पर्व मानिएको तिज ५ वर्षयता नेपालमा मनाउन नपाएको उनले बताइन् । ‘नेपालमा मनाउन नपाए पनि खुसी नै छु’ उनले भनिन्, ‘संसारको जुनै पनि कुनामा पुगे पनि नेपाली मौलिक तिज मनाउँदै आएको छु ।’
यस वर्ष इजरालको आफ्नो तिज पनि नेपाली परम्परागत शैलीमा हुने बताइन् । उनले आफू नेपालमा नभएर पनि सम्पूर्ण नेपाली नारीलाई तिजको शुभकामना व्यक्त गरेकी छन् । सुनिताले भनिन्, ‘नेपाली नारीहरुको विषेश पर्व तिजको उपलक्ष्यमा सम्पूर्ण नेपाली नारीलाई शुभकामना व्यक्त गर्दछु ।’

sunita 1

Comments