दक्षिणमा जम्दै पूनम पाण्डे
screennepal
प्रकाशित: २०७२, १७ भाद्र बिहीबार
no img

मुम्बई । फिल्म ‘मालिनी एन्ड कम्पनी’मार्फत तेलुगू फिल्म इन्डस्ट्रीमा इन्ट्री गरेकी हट मोडल तथा अभिनेत्री पूनम पान्डेलाई यतिखेर चिठ्ठा परेझैं भएको छ । पूनमलाई पछिल्लो समय साउथ फिल्मका लागि प्रस्ताव थेगिनसक्नु भएको छ ।

poonam
पूनम अभिनीत तेलुगू फिल्म ‘मालिनी एन्ड कम्पनी’ गएको शुक्रबार रिलिज भएको थियो । कतिपय आलोचकले उनको फिल्म बहिस्कार समेत गरेका छन् । तर, यसका बावजुद पनि आफ्नो सेक्सी छविले दक्षिण भारतीय फिल्म इन्डस्ट्रीको ध्यान खिच्न उनी सफल भएकी छन् ।
हैदराबादमा फिल्म प्रमोशनका क्रममा पुगेकी पूनमले भनिन्, ‘अहिले मलाई थुपै्र फिल्ममा प्रस्ताव आइरहेका छन्, जसका कारण एकदमै उत्साहित छु ।’ तर, उनले स्क्रिप्ट हेरे मात्र काम गर्ने बताइन् । ‘अहिले मलाई धेरै फिल्मका लागि प्रस्तावहरु आइरेहका छन्’ बलिउडमा बिकनी गर्लका रुपमा समेत चिनिएकी पूनमले भनिन्, ‘सकेसम्म सबै फिल्ममा काम गर्न चाहन्छु । तर, स्क्रिप्ट राम्रो हुनुपर्छ ।’ कन्टेन्टका हिसाबले दक्षिण भारतीय फिल्म इन्डस्ट्री राम्रो भएको बताउँदै पूनमले भनिन्, ‘म यहाँ धेरैभन्दा धेरै फिल्म गर्न चाहन्छु ।’ फिल्म प्रस्तावको बाढी आए पनि अहिलेसम्म कुनै फाइनल नगरेको पूनमले बताइन् ।
‘स्क्रिप्ट सुन्नका लागि निर्देशकसँग भेट्ने काम गर्दैछु’ उनले भनिन्, ‘चाँडै एक फिल्मको फाइनल गर्नेछु ।’ किङफिशर मोडलका रुपमा चर्चा बटुलेकी पूनमले फिल्म ‘नशा’मार्फत बलिउडमा इन्ट्री गरेकी थिइन् । तर, उक्त फिल्म बक्स अफिसमा असफल भएको थियो । फिल्म असफल भए पनि आफ्नो सेक्सी छविका कारण दर्शकबाट प्रशंसा बटुल्न भने उनी सफल भएकी थिइन् ।

Comments