सोनमको मोडलिङमा ८ वर्ष (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ११ भाद्र शुक्रबार
no img

sonam

काठमाडौं । मोडलिङ पेसा यस्तो हो, जहाँ अवसरभन्दा चुनौती धेरै छन् । तर, चुनौती मोल्न सक्नेका लागि अवसर पनि उस्तै छ । यस्तै, चुनौती मोल्दै मोडलिङमै आठ वर्ष बिताएकी मोडल हुन् सोनम श्रेष्ठ केसी । उनी भन्छिन्, ‘मोडलिङमा लागेर कहिले हरेश खाइन् किनकि, सानैदेखिको मेरो रुचि पूरा गर्नु थियो ।’
पछिल्लो समय सोनम व्यस्त मोडलका रुपमा चिनिन्छिन् । यो उनको निरन्तर लगाव र मिहिनेतको प्रतिफल हो । चुनौतीले नै अवसर प्रदान गर्छ भन्ने उदाहरण सोनमले दिएकी छन् । विभिन्न ‘¥याम्प सो र म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी सोनम भन्छिन्, ‘मोडलिङमा लागेर कुनै पछुतो छैन । काम पाइरहेकी छु । एउटा मोडलका लागि यो भन्दा ठूलो अरु खुसी हुन सक्दैन ।’

mmm
गायक रनिल खड्कीको गीत ‘मेरो जीवन’ को म्युजिक भिडियोमार्फत मोडलिङ सुरु गरेकी सोनमले भनिन्, ‘अहिलेसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छु । यसबाहेक ¥याम्प र विज्ञापनमा पनि मोडलिङ गर्दै आएकी छु ।’ पछिल्लो समय सोनमले ‘जुटौ युवा, उठौ युवा’ बोलको राष्ट्रिय भावनामा आधारित गीतमा मोडलिङ गरेकी छन् । सोनमले मोडलिङ गरेकोे ‘बलिद्र आँशु’ गीतको म्युजिक भिडियो निकै चर्चित बनेको थियो । जुन गीत गायिका अञ्जु पन्तले गाएकी हुन् । यस गीतको भिडियोले चर्चा पाएसँगै सोनम मोडलिङमा जम्न थालेकी हुन् । सोनम भन्छिन्, ‘बिचमा ब्रेक नगरेको भए अझै राम्रो हुन्थ्यो । तर, पढाइले गर्दा केही समय ब्रेक गर्नुप¥यो ।’ ब्रेकपछि राजेशपायल राईको ‘उमेरले डाँडापारि’ गीतको भिडियोबाट कम्ब्याक गरेकी सोनम भन्छिन्, ‘मोडलिङका अलावा केही इभेन्टको सहायक कोरियोग्राफी पनि गरेकी छु ।’ उनले भविष्यमा कुसल कोरियोग्राफर बन्ने लक्ष्य रहेको सुनाइन् ।

ssss
कला सुब्बासँग -याम्प मोडलिङको प्रशिक्षण लिएकी सोनमलाई गायिका बन्ने रहरसमेत बोकेकी छन् । उनले चाँडै गीति एल्बम ल्याउने बताइन् । ‘मोडलिङ र अभिनयसँगै गायन पनि मेरो रुचि हो’ उनले भनिन्, ‘मैले गायनमा पनि चार वर्ष प्रशिक्षण लिएकी छु ।’ पप गायनमा आफ्नो रुचि भएको उनले बताइन् । अभिनयमा रुचि भए पनि आफूले चाहेजस्तो भूमिका नपाएकाले अभिनय नगरेको सोनमले बताइन् । ‘मलाई इनोसेन्ट भूमिका सुहाउँछ’ उनले भनिन्, ‘तर अहिलेसम्म आफू सुहाउँदो कथावस्तु भएको चलचित्र नै पाएकी छैन । मैले चाहेजस्तो भूमिका पाउ भने चलचित्रमा अभिनय गर्ने सोच छ ।’

Comments