प्रीति भन्छिन्, ‘मलाई शाहरुखले रुवाउँछन्’
screennepal
प्रकाशित: २०७२, ८ भाद्र मंगलवार
no img

मुम्बई । बलिउड अभिनेत्री प्रीति जिन्टालाई रुवाउन सक्ने यदि कोही छ भने अभिनेता शाहरुख खानमात्रै हुन् । प्रीतिले एक प्रशंगमा आफूलाई शाहरुखले मात्र रुवाउन सक्ने बताएकी छन् । प्रीति भन्छिन्, ‘सुपरस्टार शाहरुख खानले फिल्मको भावनात्मक दृश्यमा रुवाउँछन् ।’

priti
प्रीतिले शाहरुखसँग ‘दिल से’, ‘वीर जारा’ र ‘कल हो ना हो’ जस्ता फिल्ममा काम गरेकी छन् । प्रीतिले आइतबार राति आफ्नो ट्विटर एकाउन्टमा लेखेकी छन्, ‘शाहरुख भावनात्मक दृश्यका क्रममा मलाई पनि भावुक बनाइदिन्छन्, जो मेरा लागि एक्लो अभिनेता हुन् । ‘ओएमजी’मा उनका साथ काम गर्दा केही दृश्यमा म साँच्चीकै रुएको छु ।’
प्रीतिले ट्विटरमार्फत आफ्ना प्रशंसकको एक प्रश्न पनि दिएकी छन् । ती प्रीतिका प्रशंसकले अभिनेता सलमान खानबारे प्रश्न गरेका छन् । त्यसको जवाफमा प्रीतिले सलमान खानसँग काम गर्नअघि आफूलाई डर लागेको बताएकी छन् ।
प्रीतिले ट्विटरमा लेखेकी छन्, ‘म सिंगल अभिनेतासँग गराउँथे । उनी हुन् सलमान खान । मलाई केही थाहा छैन । तर, उनीसँग साहै्र डर लाग्थ्यो ।’ प्रीति कुनै समयमा बलिउडमा राम्रै चलेकी थिइन् । तर, केही समययता उनी अभिनय क्षेत्रमा खाशै देखिएकी छैनन् ।

Comments