अब ऐश्वर्या पनि पाश्र्वगायनमा
screennepal
प्रकाशित: २०७२, ६ भाद्र आईतवार
no img

मुम्बई । केही वर्षयता बलिउडका अभिनेत्रीहरुमा पाश्र्वगायनको लहर चलेको छ । अब यो लहरमा पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या राय बच्चन पनि पर्ने भएकी छन् किनकि, ऐश्वर्याले चाँडै एक फिल्ममा गीत गाउँदैछिन् ।

aishwarya-rai- यसअघि प्रियंका चोपडा, श्रद्धा कपूर, आलिया भट्ट, सलमान खानलगायतका फिल्म स्टारले फिल्ममा गाइसकेका छन् । अभिनेता तथा अभिनेत्रीको पाश्र्वगायनबारे चर्चा भइरहेका बेला ऐश्वर्याको पनि नाम आएको हो । समाचारमा जनाइएअनुसार ऐश्वर्याले फिल्म ‘जज्बा’ को एक गीतमा स्वर दिँदैछिन् । ‘जज्बा’ ऐश्वर्याको पछिल्लो ‘कम्ब्याक’ फिल्म पनि हो । बलिउडमा चर्चा गरिएअनुसार ऐश्वर्याले पनि गाउने प्रयास गर्दैछिन् । ऐश्वर्याले गाउन सक्छिन् भन्नेमा ‘जज्बा’ का निर्माता सञ्जय गुप्ता विस्वस्त छन् । ‘ऐश्वर्याको स्वर एकदमै म्युजिकल छ’ निर्माता गुप्ता भन्छन्, ‘एल्बमका लागि केही संगीतकारले प्रयास गरे उनी राम्रो गाउन सक्छिन् ।’ फिल्म निर्माताका लागि ऐश्वर्यालाई गाउन लगाउन एकदमै राम्रो हुने गुप्ताको भनाइ छ । आफ्नो अगाडि आएको चुनौतीलाई च्यालेञ्ज दिन ऐश्वर्या पनि तयार छिन् । उनललाई लागेको छ, ‘म अवश्य गाउन सक्छु ।’ तैपनि उनी अहिलेसम्म दोधारमा छिन् । ऐश्वर्याले गाउने भनिएको ‘सिचुवेशनल’ गीत हो । यदि ऐशवर्या गाइन् भने निर्माता गुप्ताको पनि एउटा सपना पूरा हुने बताइन्छ । (एजेन्सी)

Comments