भिडियोमा ‘तिज, दशैं तिहार आउँछ बरिलै’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ५ भाद्र शनिबार
no img

niru

काठमाडौं । यतिखेर नेपाली सांगीतिक क्षेत्रलाई तिजको रौनकले छपक्क छोप्दै लगेको छ । गायक÷गायिका आ–आफ्नो तालमा तिज गीत गाउने र म्युजिक भिडियो निर्माण गर्न मस्त छन् । यसैबेला गायक तोप शाहीसमुद्र र गायिका निर्मला शाहीसमुद्रले पनि तिजलाई लक्षित गर्दै कमेडी बेशमा एउटा गीत गाएका छन्, जसको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । ‘तिज दशैं तिहार आउँछ बरिलै’ बोलको उक्त म्युजिक भिडियो अहिले यु–ट्युवमा लोकप्रिय बन्दै गएको छ ।
रिलिज गरिएको एक सातामै यो भिडियो (यो समाचार बनाइरहँदासम्म) ७४ हजार ८९५ ले हेरिसकेका छन् । भिजन नेपाल फिल्मस्ले निर्माण गरेको यस म्युजिक भिडियोलाई शिव शर्माले निर्देशन गरेका हुन् । यस म्युजिक भिडियोमा चर्चित हास्य अभिनेत्री निरु खड्का र शिव शर्माले अभियन गरेका छन् । भिडियोमा पारिवारिक कथालाई कमेडी बेशमा चित्रण गरिएको छ । यस भिडियोलाई रविन्द्र बरालले खिचेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

Comments