‘बिजिएनसीसी’को लक्ष्य सन् २०१६ भित्र ‘ब्रिटिस गोरखा अवार्ड’
screennepal
प्रकाशित: २०७२, २ भाद्र बुधबार
no img

– एमपी सुब्बा

 नेपाल च्याप्टरको संयोजक भने पूर्वमिस नेपाल सुविन लिम्बूलाई बनाइएको छ । ‘यो संस्थाको बृहत्त उद्देश्य रहेको छ’ चोङबाङले भने, ‘संस्थाले हरेक विधामा पुरस्कार प्रदान गर्ने लक्ष्य बनाएको छ । करिब दुई लाख रुपैयाँ पुरस्कार राशी रहने बताउँदै उनले भने, ‘हामी पुरस्कार भनेर दिँदैनौं, ब्रिटिस गोरखा अवार्ड’ का नामले प्रदान गछौं ।’ उनका अनुसार पाँच विधामा पाँच अवार्ड हुनेछ । त्यसका हिसाबले प्रत्येक वर्ष १० लाख रुपैयाँ बराबरको अवार्ड संस्थाले वितरण गर्नेछ ।

काठमाडौं । नेपालीले विश्वका कुनै पनि कुनामा पुगे पनि आफ्नो कला, संस्कृति, भेषभूषा र भाषालाई बिर्सँदैनन् । ‘आफ्नो कला, संस्कृति र भाषा रहेमात्र नेपाली पहिचान रहन्छ’ भन्ने मान्यता विभिन्न काम कर्तव्यले विदेसिएका नेपालीले लिएका छन् । यस्तै, बेलायत बस्दै आएका नेपालीले आ–आफ्नो भाषासाहित्य र कलाको विश्वव्यापी प्रवद्र्धन गर्न ब्रिटिस गोरखा नेपाली सांस्कृतिक परिषद ‘बिजिएनसीसी’ नामक संस्था स्थापना गरेका छन् ।

bharatmani chongbang
विशुद्ध गैरनाफामूलक संस्था भनिएको ‘बिजिएनसीसी’ले नेपाली कला, साहित्य र भाषाको विश्वव्यापी पवद्र्धन गर्ने लक्ष्य लिएको संस्थाका सह–प्रवक्ता तथा साहित्यकार भरतमणि चोङ्बाङले बताए । एकराज नेम्बाङको अध्यक्षता गठित ‘बिजिएनसीसी’ पाँच विधामा विभाग छुटाइएको छ ।
हाल ६० जना कार्यसमिति सदस्य रहेको यस संस्थाले कलाकारिता, पत्रकारिता, संगीत, सािहत्यकार र खेलकुदका विधालाई छुट्टाछट्टै विभाग छुटाइएको छ । विस्तारै १०५ जनाको कार्यसमित बनाउने सोच रहेको चोङ्बाङले बताएका छन् । विधाअनुसार दक्षता हेरेर विभागीय प्रमुख तोकिएको बताउँदै चोङबाङले भने, ‘म साहित्य विभाग हेर्छु । साथै, संस्थाको सह–प्रवक्ता पनि हुँ ।’ बेलायती सेनाका जागिरे समेत रहेका चोङ्बाङले भने, ‘एक वर्षको परिकल्पनापछि मे २०१५ मा संस्था स्थापना गर्न सफल भएका हौं ।’
यस संस्थाको नेपाल च्याप्टरसमेत गठन गरिएको छ । नेपाल च्याप्टरको संयोजक भने पूर्वमिस नेपाल सुविन लिम्बूलाई बनाइएको छ । ‘यो संस्थाको बृहत्त उद्देश्य रहेको छ’ चोङबाङले भने, ‘संस्थाले हरेक विधामा पुरस्कार प्रदान गर्ने लक्ष्य बनाएको छ । करिब दुई लाख रुपैयाँ पुरस्कार राशी रहने बताउँदै उनले भने, ‘हामी पुरस्कार भनेर दिँदैनौं, ब्रिटिस गोरखा अवार्ड’ का नामले प्रदान गछौं ।’ उनका अनुसार पाँच विधामा पाँच अवार्ड हुनेछ । त्यसका हिसाबले प्रत्येक वर्ष १० लाख रुपैयाँ बराबरको अवार्ड संस्थाले वितरण गर्नेछ ।
‘अहिले नै २ लाख रुपैयाँ दिने निश्चित त भएको छैन’ उनले भने, ‘तर, हाम्रो लक्ष्य दुई लाख नै हो ।’ यसरी दिइने अवार्ड तथा पुरस्कार राशीका कोष स्थापना गर्न संस्थाकै सदस्य र विभिन्न सांस्कृति कार्यक्रम आयोजना गर्ने उनले बताए । उनका अनुसार अवार्ड सन् २०१६ देखि प्रदान गरिने छ । उक्त अवार्ड जुनसुकै देशमा रहेकाले पनि पाउन सक्नेछन् । तर, त्यसका लागि नेपाली नै हुनुपर्ने चोङबाङले बताए ।
कोष फन्डिङका लागि पहिलो कार्यक्रम आउँदो डिसेम्बरमा गर्ने निश्चित भएको उनले बताए । त्यसका लागि नेपालबाट मिलन अमात्य, ज्योति मगर, गोविन्द राई, देवेश राईलगायत कलाकार युके जाने निश्चित भएको छ । ‘यहाँबाट गएका कलाकारबाहेक स्थानीय कलाकारले पनि प्रस्तुती दिनेछन्’, ‘उनले भने, ‘युकेमै रहेकालाई हामी स्थानीय कलाकार भन्छौं । अहिले ‘कन्दरा’ ब्याण्डका गायक विवेक श्रेष्ठ, क्रान्ति आलेलगायतका कलाकार उत्तै छन् । उनीहरु संस्थाको कोष स्थापनाका लागि सहयोग गछौं भनेका छन् ।’
सह–प्रवक्ता चोङ्बाङका अनुसार ‘बिजिएनसीसी’ सम्पूर्ण नेपालीको संस्था हो । ‘ब्रिटिस गोरखा नेपाली सांस्कृतिक परिषद भन्दा गोरखा आर्मीहरुको मात्र संस्थाजस्तो सुनिन्छ’ उनले भने, ‘तर, त्यस्तो होइन । संसारको जुनै पनि देशमा रहेका नेपाली हाम्रो सदस्य हुनसक्छन् । ‘हाम्रो उद्देश्य भनेकै नेपाली कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्नु हो । यो संस्थामार्फत विश्वमै नेपालीको सांस्कृतिक पहिचान चिनाउने लक्ष्य लिएका छौं ।’ विश्वभर प्रतिनिधि राखिएका पनि च्याप्टर नेपालमा मात्र रहने छ । केन्द्रीय कार्यालय बेलायतमै रहने उनले बताए ।
करिब साढे दुई दशकदेखि साहित्य सिर्जनामा क्रियाशील चेम्जोङले भने, ‘हाम्रो भाषासाहित्य भनेको जहाँ पुगे पनि माया लाग्छ । मैले ७ कक्षा पढ्दैदेखि साहित्य राजेको हुँ । त्यसैले बेलायती आर्मीमा भर्ती भएर पनि बिर्सन सकिनँ ।’ विशेषगरी कवितासाहित्यमा कलम चलाउँदै आएका चोङबाङले चाँडै आफ्नो नयाँ कविता कृति ल्याउने पनि सुनाए ।

Comments