म्यानमारमा शरणार्थीसँग एन्जेलिना (फोटोेफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १७ श्रावण आईतवार
no img

Anjelina Jolie (2)

म्यानमार, (एजेन्सी) । हलिउडकी सुपरस्टार अभिनेत्री एन्जेलिना जोलीबारे धेरैलाई थाहा छ । उनी जति फिल्मबाट चर्चित छिन्, त्यस्तै, पछिल्लो केही वर्षयता समाजसेवीका रुपमा पनि प्रख्यात छिन् । कतिपय सेलिबे्रटीहरुले देखाउने दाँतका रुपमा समाजसेवा गरेको नाटक गर्दै आएका छन् । तर, एन्जेलिनाले  मनैदेखि समाजसेवा गर्दै आएकी छन् । समाजसेवाकै क्रममा एन्जेलिना हाइटी, अफगानिस्तान, बुरुण्डीजस्ता विभिन्न युद्धग्रस्त देशहरुमा भ्रमण गरिसकेकी छन् ।

Anjelina Jolie (4)
समाजसेवाकै दौरानमा रहेकी एन्जेलिनाले पछिल्लो समय ९० वर्षकी एक बुर्जुक शरणार्थीसँग म्यानमारमा भेटघाट गरेकी छन् ।  समाचारमा जनाइएअनुसार ‘मेलफिसेन्ट’की स्टार एन्जेलिना संयुक्त राष्ट्र शरणार्थी एन्जेसीको विशेष दूतको भूमिका निर्वाह गर्नेक्रममा म्यान्मार पुगेकी हुन् । ४० वर्षीया एन्जेलिनाले भनिन्, ‘म महिलाको समूह, नागरिक समाजको सदस्य, विस्थापित जनता र युवाहरु समेत धेरैभन्दा धेरै जनतासँग भेटघाट गरिरहेकी छु । उनीहरु आफ्नो देशको भविष्यका लागि चिन्तित छन् ।’ एन्जेलिनाले म्यान्मारका शरणार्थी तथा जनतासँग धेरै कुरा जान्ने कोशिस गरेको बताइन् । म्यानमार जानुअघि एन्जेलिना आफ्नो १३ वर्षीय छोरा मैडोक्सको जन्मस्थल कम्बोडिया गएकी थिइन् । एन्जेलिनाका अभिनेता ब्राड पिटबाट जन्माएका र धर्मपुत्र, पुत्रीको रुपमा ग्रहण गरेका गरी ६ सन्तान छन् ।

Anjelina Jolie (3)

Anjelina Jolie (1)

Comments