न्यूयोर्क फिल्म फेस्टिवलमा ‘स्टिब जब्स’
screennepal
प्रकाशित: २०७२, १४ श्रावण बिहीबार
no img

न्यूयोर्क । कम्युटर कम्पनी एप्पलको संस्थापक स्टिभ जब्सको जीवनीमा आधारित नयाँ फिल्म ‘स्टिब जब्स’ ‘न्युयोर्क फिल्म फेस्टिवल’ मा देखाइने भएको छ । यस फिल्मको स्क्रिप्ट आरोन सोर्किनले लेखेका हुन् । फिल्मको निर्देशन डेनी ब्वायलले गरेका  हुन् । द हलिउड रिपोर्टरका अनुसार माइकल फासबेन्डरले फिल्ममा स्टिब जब्सको भूमिका गरेका छन् । यसका अलावा फिल्ममा केट विन्स्लेट, सेठ रोजेन, जेफ डेनियल्स, माइकल स्टहलबर्ग र कैथरीन वाटरस्टोनको पनि मुख्य अभिनय छ ।

stev jobs
‘स्टिव जब्स’ को निर्माण सोरकिन र स्कट रडिन गरेका हुन् । उनीहरुले यसअघि न्यूयोर्क फिल्म फेस्टिवल २०१० मा आफ्नो फिल्म ‘द सोशल नेटवर्क’ को प्रिमियर गरिसकेका छन् । ‘स्टिब जब्स’ फिल्म ९ अक्टुबरमा संसारभर रिलिज हुँदै छ । २५ सेप्टेम्र देखि ११ अक्टुबरसम्म आयोजना हुने यस फेस्टिवलको सुरुवात  रोबर्ट जेमेकिसको फिल्म ‘द वाक’ बाट गरिँदै छ । महोत्सवको समापनमा डन चीडलको फिल्म ‘माइल्स अहेड’ स्क्रिनिङ गरिने बताइएको छ । (Agency)

Comments