श्रोताको ममताले ममता ल्याउँदै ‘हाङ्मा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ३१ असार बिहीबार
no img

‘गाउन थालेको त्यस्तै ४/५ वर्ष पुग्यो’ ममताले भन्छिन्, ‘यहाँसम्म आइपुग्दा केही उपलब्धी गर्न नसकेपनि श्रोताले माया गरेका छन् । यसैमा खुसी लाग्छ ।’ गाउन थालेको ४/५ वर्ष भए पनि एल्बम ल्याएको भने एक वर्षमात्र पुग्दैछ । यस अन्तरालमा आफूलाई चिनाउन सक्नु ममताका लागि उपलब्धी नै हो । तारादेवी, मनिला सोताङजस्ता अग्रज गायिकाको प्रभावले गायन अँगालेकी ममताका ‘मेरो मनमा बस’, मेरो जीवन ज्योती’जस्ता गीत निकै चलेका छन् । ममता सेन्टिमेन्टल गीत गाउन रुचाउँछिन् ।

Mamata

काठमाडौं । दर्शक तथा श्रोताको माया र ममता नै कलाकारका लागि सबैभन्दा ठूलो कुरा हो अर्थात् एक कलाकारका दर्शक/श्रोता सबथोक हो । यस्तै लाग्छ, गायिका ममता राईलाई पनि । दर्शक तथा श्रोताकै माया तथा ममताले आफूलाई सांगीतिक क्षेत्रमा निरन्तरताको हौसला मिलिरहेको उनी बताउँछिन् । आधुनिक गीति एल्बम ‘ममता’मार्फत नेपाली सांगीतिक आकाशमा उडान भर्न सुरु गरेकी ममता भन्छिन्, ‘अहिलेसम्मको उपलब्धी भनेकै दर्शक/श्रोता हुन् । म उहाँहरुकै माया, ममताले यहाँ टिकिरहेकी छु, हौसिरहेकी छु ।’

Mamata Rai (2)
हुन त ममताले सांगीतिक उडान भरेको खाशै धेरै भएको छ्रैन । ‘गाउन थालेको त्यस्तै ४/५ वर्ष पुग्यो’ ममताले भन्छिन्, ‘यहाँसम्म आइपुग्दा केही उपलब्धी गर्न नसकेपनि श्रोताले माया गरेका छन् । यसैमा खुसी लाग्छ ।’ गाउन थालेको ४/५ वर्ष भए पनि एल्बम ल्याएको भने एक वर्षमात्र पुग्दैछ । यस अन्तरालमा आफूलाई चिनाउन सक्नु पनि ममताका लागि उपलब्धी नै हो । तारादेवी, मनिला सोताङजस्ता अग्रज गायिकाको प्रभावले गायन अँगालेकी ममताका ‘मेरो मनमा बस’, मेरो जीवन ज्योती’जस्ता गीत निकै चलेका छन् । ममता सेन्टिमेन्टल गीत गाउन रुचाउँछिन् । अहिलेसम्म गाएका उनका गीत पनि त्यस्तै छन् । ममताले जति गाइन्, ती गीत श्रोताले रुचाएका पनि छन् ।  तर, उनी आफै भने सन्तुष्टि छैनन् । ‘खाशमा अहिलेसम्ममा धेरै माथि पुग्न पर्ने मान्छे हुँ । म प्रतिभा र कलामा विश्वास गर्छु’ उनी भन्छिन्, ‘तर, कसैसँग झुक्ने बानी नभएकाले ठाउँका ठाउँ नै छु । तैपनि आत्मग्लानी भने भएको छैन ।’

Mamata Rai (4)
खोटाङ, जहाँ हावामै संगीतको वहाव मिसिएको छ भनिन्छ । त्यहीँ जिल्लामा जन्मिएकी ममतालाई पनि सानैदेखि गाउने रहर जाग्यो । रहरैरहरमा उनले गीति एल्बम ‘ममता’ पनि ल्याइन् । तर, अहिले भने उनलाई गायन रहरभन्दा पनि बाध्यता जस्तै भएको छ किनकि, ममतालाई दर्शक/श्रोताको मायाको ऋण लागेको छ । ‘मायाको गुण तिर्न पनि मैले गायनलाई निरन्तरता दिनुपर्छ’ उनी भन्छिन्, ‘त्यसैले अब चाँडै अर्को एल्बम ल्याउँदै छु ।’ उनले ‘हाङ्मा’ अर्थात् रानी नाम राखेर एल्बम तयारी गरिरहेको बताइन् । ‘यो मेरो दोस्रो एल्बम हो’ ममताले सुनाइन्, ‘अहिले यसैको गीत रेकर्डिङ गरिरहेकी छु ।’ आफ्नो आगामी एल्बममा सेन्टिमेन्टललगायत एउटा गीत राष्ट्रिय गीतसमेत समेट्ने ममताले बताइन् ।

https://www.youtube.com/watch?v=FfLZYbWSQdQ

Comments