नयाँ योजना लिएर आइन् मिनु गैरे (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ३० असार बुधबार
no img

एमपी सुब्बा

मिनु गायिका बन्नकै लागि पाल्पाबाट करिब ६ वर्षअघि राजधानी छिरेकी हुन् । राजधानी छिरेपछि उनी संगीत प्रशिक्षणमा व्यस्त भइन् । ‘सिकेरै गरेको काम राम्रो’ भन्ने धारणाले संगीत सिक्न थालेकी मिनुले भनिन्, ‘काठमाडौं आउन अघि पनि गीत गाउँथेँ । तर, प्रोफेसनल रुपमा गायन अँगाल्ने भएपछि संगीत सिकेकी हुँ ।’ अहिलेसम्ममा ३५ भन्दा बढी गीतमा स्वर दिइसकेको उनले सुनाइन् । तीमध्ये कतिपय चलचित्रमा पनि स्वर दिएकी छनु । हालै मात्र उनले चलचित्र ‘सानु’ को शीर्ष गीत गाइन् । ‘जुन होकि सानु फक्रिएकी फूल हौ’ बोलका उक्त गीत दर्शकले रुचाउन सक्ने उनले अपेक्षा गरेकी छन् ।

minu 1

काठमाडौं । गायिका मिनु गैरे भन्नेवित्तिकै श्रोता/दर्शकले गुनगुनाउने गीत हो, ‘जति टाडा भए नि बिर्सेको छैन’ । हुन त मिनुका अन्य पनि गीत चर्चित छन् । तर, उल्लेखित गीत भने उनकै लागि पनि सम्झिन योग्य छ र रहने छ, किनकि उक्त गीत आएकै वर्षमै चारवटा अवार्डमा नोमिनेशनमा पर्न सफल भएको थियो । यिनै चर्चित गीतका गायिका मिनु अहिले नयाँ योजनासहित अगाडि सरेकी छन् । उनको अबको योजना भनेको फेरि एकपटक नेपाली सांगीतिक क्षेत्रमा आफूलाई जमाउनु हो । करिब तीन महिना दुवई बसेर केही साताअघि मात्र काठमाडौं फर्केकी मिनुले भनिन्, ‘फेरि एकपटक संगीत क्षेत्रमा जम्ने सोच छ । अहिले त्यसकै तयारी गरिरहेकी छु ।’
करिब चार वर्षअघि गायिका मिनु सांगीतिक क्षेत्रमा निकै चर्चित थिइन् । जतिखेर उनको पहिलो एल्बम ‘अपर्ण’ श्रोता/दर्शकको हातमा थियो । ‘जति टाडा भए नि बिर्सेको छैन’ बोलको गीत ‘अपर्ण’कै हो । यससँगै ‘भीरको बाटो’, ‘पलपल छाती चर्काउन’जस्ता गीत पनि मिनुका चर्चित छन् । यिनै गीतले उनलाई देशविदेश पु¥यायो । तर, नेपाली सांगीतिक क्षेत्र (राजधानी केन्द्रित) भने उनी ओझेलमा परिन् । यो कुरा मिनु पनि स्वीकार्छिन् । उनी भन्छिन्, ‘खाशै ओझेल परेकी त होइन, विदेशका हुने कार्यक्रमहरुमा व्यस्त हुन थालेपछि यहाँ समय दिन नपाएको हो । तैपनि कलेक्शन एल्बमहरुमा गाउँदै आइरहेकी नै थिएँ । अहिले पनि गाइरहेकी छु ।’

करिब चार वर्षअघि गायिका मिनु सांगीतिक क्षेत्रमा निकै चर्चित थिइन् । जतिखेर उनको पहिलो एल्बम ‘अपर्ण’ श्रोता/दर्शकको हातमा थियो । ‘जति टाडा भए नि बिर्सेको छैन’ बोलको गीत ‘अपर्ण’कै हो । यससँगै ‘भीरको बाटो’, ‘पलपल छाती चर्काउन’जस्ता गीत पनि मिनुका चर्चित छन् । यिनै गीतले उनलाई देशविदेश पु¥यायो । तर, नेपाली सांगीतिक क्षेत्र (राजधानी केन्द्रित) भने उनी ओझेलमा परिन् । यो कुरा मिनु पनि स्वीकार्छिन् ।

कलेक्शन एल्बमहरुमा गाए पनि ‘अपर्ण’ पछि अर्को एल्बम ल्याउन भने उनले ढिलो गरिन् । बल्ल अहिले उनी दोस्रो एल्बम ल्याउन कसेकी छन् । पहिलो एल्बमपछि चार वर्षसम्म अर्को नल्याउनुको कारण आर्थिक अवस्था भएको मिनुले बताइन् । ‘एल्बम निकाल्नुको लागि त आफूसँग पैसा पनि त हुनुप-यो । आफूसँग पैसा नभएपछि कला भएरमात्र पनि हुँदैन । त्यसैले यसबीचमा पैसा जोहो गर्नतिर लागेँ । तर, अब चाँडै श्रोतामाझ एल्बम लिएर आउने छु ।’ उनले आफ्नो पहिलो एल्बम निकाल्दा साढे ४ लाख रुपैयाँ खर्च गरेको सुनाइन् । त्यो समयमा साढे ४ लाख रुपैयाँ भनेको कम रकम होइन । तर, गायनप्रतिको रहर र सौखले गर्दा उनले आँखा चिम्लेरै उक्त रकम खर्चेकी थिइन् । रकम खर्चेअनुसार नाम पनि कमाइन् । मिनु भन्छिन्, ‘गायिका मिन भनेर चिनिएकी छु । यसैमा मलाई खुसी लाग्छ ।’
मिनु गायिका बन्नकै लागि पाल्पाबाट करिब ६ वर्षअघि राजधानी छिरेकी हुन् । राजधानी छिरेपछि उनी संगीत प्रशिक्षणमा व्यस्त भइन् । ‘सिकेरै गरेको काम राम्रो’ भन्ने धारणाले संगीत सिक्न थालेकी मिनुले भनिन्, ‘काठमाडौं आउन अघि पनि गीत गाउँथेँ । तर, प्रोफेसनल रुपमा गायन अँगाल्ने भएपछि संगीत सिकेकी हुँ ।’ अहिलेसम्ममा ३५ भन्दा बढी गीतमा स्वर दिइसकेको उनले सुनाइन् । तीमध्ये कतिपय चलचित्रमा पनि स्वर दिएकी छनु । हालै मात्र उनले चलचित्र ‘सानु’ को शीर्ष गीत गाइन् । ‘जुन होकि सानु फक्रिएकी फूल हौ’ बोलका उक्त गीत दर्शकले रुचाउन सक्ने उनले अपेक्षा गरेकी छन् ।  यससँगै अब आउने आफ्नो नयाँ एल्बमका लागि पनि मिनुले मिहिनेत गरिरहेकी छन् । आधुनिक, पपआनुनिक र रकपप शैलीका गीत गाउन रुचाउने मिनुले भनिन्, ‘लामो ग्यापपछि सोलो एल्बम ल्याउने तयारी गर्दैछु, जसले गर्दा मिहिनेत त गर्ने प-यो ।’

Comments