श्रोतालाई रेश्माको ‘नमसेवल’ अर्थात् नमस्ते (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १७ असार बिहीबार
no img

Reshma sunuwar 1काठमाडौं । गायिका रेश्मा सुनुवार भन्नेवित्तिकै श्रोताले सम्झिने गर्छन्, ‘मै ठूली भइछु रे’ । यसै गीतले रेश्मालाइृ देशविदेश पु¥यायो । विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त भएकै कारण उनी आफ्नो तेस्रो एल्बम ल्याउन ढिलो भइन् । बुधबार राजधानीमा आयोजिक एक कार्यक्रमबीच आफ्नो नयाँ एल्बम ‘नमसेवल’ अर्थात् नमस्ते सार्वजनिक कार्यक्रममा उनले यस्तै आशय व्यक्त गरिन् ।  ‘कार्यक्रमहरुमा व्यस्त भएकै कारण एल्बम ल्याउन ढिलो भएको हो’ कार्यक्रममा उनले भनिन्, ‘ढिलै भए पनि मिहिनेत गरेर एल्बम ल्याएकी छु ।
‘नमसेवल’ सुनुवार भाषा हो । यसको अर्थ ‘नमस्ते’ भन्ने हुन्छ । तर, यसपटक रेश्माले एल्बमको नाम मात्र आफ्नो भाषा राखिनन् उनले आफ्नो नामसँगै किराती पनि जोडेर आइन् । विदेशमा पनि गीतसंगीत तथा साहित्यमा राष्ट्रिय भाषा मिसाउने चलन भएकाले आफ्नो एल्बममो नाम सुनुवार भाषामा राखेकी उनले बताइन् । एल्बमको संगीत नाटय प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, रंगकर्मी अनुप बराल, अभिनेत्री दिया मास्केलगायतले सार्वजनिक गरेका थिए । कार्यक्रममा रसिकले रेश्माको स्वरको प्रशंसा गरेका थिए ।

Reshma sunuwar

Reshma Sunuwar. Photo By Nabin Gurung

एल्बममा समेटिएको ‘तिमीलाई हेर्ने.’ गीतको म्युजिक भिडियो अनुपले निर्देशन गरेका छन् भने दिया मास्केले अभिनय गरेकी छन् । कार्यक्रममा अनुपले म्युजिक भिडियो क्षेत्र आफ्नो लागि पहिलो र नौलो भएको बताए । आधुनिक गीतबाट संगीत यात्रा सुरु गरेकी रेश्माले आफ्नो स्वर पपमा सुहाउने थाहा पाएपछि धार बदलेको सुनाइन् । ‘नमसेवल’ मा उनले ज्याज, पप, लोक पप स्वाद समेटेकी छन् । एल्बममा ‘तिमीलाई हेर्ने’, ‘कोही भन्छन् माया’, ‘भन्छन् सबैले’, ‘नाम्छेमा डुल्ने’, ‘एउटा फूल’, ‘बादलबाट, ‘मखमली’ जस्ता सात गीत छन् । जसमा संगीत कल्याण सिंह, भरत लामा, रोज मोक्तान, शिव मुखिया, बिजु बज्र र रेश्माको सुन्न सकिन्छ । भने शब्द सुशील सापकोटा, भरत, भूपेन्द्र खडका, रोज, शिव, बिजु र रेश्माले लखेका छन् । एल्बमलाई भाइब्स क्रियसनले बजारमा ल्याएको हो ।

Comments