कलाको भिडियोमा कुशल र करिश्मा (भिडियो हेर्नुस)
screennepal
प्रकाशित: २०७१, २ चैत्र सोमबार
no img
kala

गायिका कला चेम्जोङ

काठमाडौं । गायिका कला चेम्जोङ ‘कला’ नामक आधुनिक गीति एल्बम लिएर आएकी छन् । विभिन्न कलेक्शन एल्बममा स्वर दिँदै आएकी कलाको यो पहिलो सोलो एल्बम हो । करिब एक दशकदेखि हङकङमा बस्दै आएकी गायिका कलाले एल्बम सार्वजनिक गरेपछि भनिन्, ‘कलेक्शन एल्बमहरुमा गाएर बटुलेको अनुभवलाई आफ्नो एल्बममा सदुपयोग गरेकी हुँ । एल्बमका गीत श्रोता रुचाइदिनुहुन्छ भन्ने आशा छ ।’
रुविशा क्रियशन वर्कस्ले ल्याएको एल्बम ‘कला’ मा पाँच गीत छन् । एल्बममा आइदेउ तिमी,, सिरानी हो मेरो साथी, मलाई हाँस्न सिकायौं, थाहै नपाई मनले, आज मेरो मनमा र बिर्सिनु कसरी बोलका आधुनिक तथा पपआधुनिक शैलीका गीत रहेका छन् । एल्बमको ‘आइदेउ तिमी’ बोलको गीतमा गायक कुशल थलङले कलालाई स्वरमा साथ दिएका छन्, जुन गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । भिडियोमा अभिनेत्री करिश्मा मानन्धर र कुशलले अभिनय गरेका छन् ।
निलम आङबुहाङ राई, दिनेश सुब्बा, टंक सुब्बा, र उदय सुब्बाको शब्दरचना रहेको ‘कला’ मा दिनेश सुब्बा, उदय सोताङ, महेश खड्का, र संगीत लिम्बू आङ्खेवाको संगीत रहेको छ । दिनेश गायिका कलाको संगीत गुरु पनि हुन् । करिब चार वर्षयता दिनेशसंँग हङकङमा संगीत सिक्दै आएको उनले बताइन् । हङकङमा हुने विभिन्न नेपाली सांगीतिक कार्यक्रममा समेत कला प्रस्तुत गर्दै आएकी कलाले भनिन्, ‘एल्बम ल्याएपछि मेरो एउटा रहर पूरा भएको छ । अरुको कलेक्शनमा गाउँदै आएपनि आफ्नै एल्बम पनि चाहिँदोरै’छ । त्यो एल्बम ल्याउने रहर र इच्छा पूरा गरेकी छु ।’

https://www.youtube.com/watch?v=JfTbr1LWcvA

Comments