रोयल्टी संकलन समाजमा ३० लाख घाँडो !
screennepal
प्रकाशित: २०७१, ६ फाल्गुन बुधबार
no img

काठमाडौं । कलाकारले रोयल्टी नपाएको गुनासो गरिरहेका बेला संगीत रोयल्टी संकलन समाजको खातामा भने ३० लाख रुपैयाँ फ्रिज भएको छ । नेपाल टेलिकमले सिआरबिटीमार्फत रोयल्टी स्वरुप उपलब्ध गरेको उक्त रकम कसलाई कति रोयल्टी प्रदान गर्ने भन्ने डाटा नहुँदा समाजले सम्बन्धित स्रष्टालाई वितरण गर्न सकेको छैन । गीतकार, संगीतकार, प्रस्तोता र तथा उत्पादकको उक्त रकम २०७० देखि २०७१ असारसम्मको हो । टेलिकमले रायल्टी रकम उपलब्ध गराएको ४ महिना वितिसक्दा पनि वितरण गर्न नसक्दा सो सो ३० लाख अहिले समाजकै लागि पनि घाँडो बनेको छ ।

ntc-and-music-agreement

केही समयअघि सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र समाजका अध्यक्ष सुरेश अधिकारी । फाइल फोटो

टेलिकमले उपलब्ध गराएको उक्त रोयल्टी वितरण गर्न नसक्दा समाजभित्रै पनि विवाद देखिन थालेको छ । समाजका केही पदाधिकारी उक्त रकम अक्षय कोषका जम्मा गर्ने पक्षमा छन् भने कलाकार एवं स्रष्टा त्यसको विपक्षमा छन्, जसका कारण समाजका अध्यक्ष सुरेश अधिकारी अहिले अप्ठ्यारोमा परेका छन् । स्रोतका अनुसार अध्यक्ष अधिकारीलगायत केहीm पदाधिकारी टेलिकमले उपलब्ध गराएको सो कलाकारले पाउनु पर्ने रोयल्टी अक्षय कोषमा जम्मा गर्ने पक्षमा छन् भने कोही विपक्षमा । समाजकै एक पदाधिकारीले भने, ‘हामी केही सदस्य रोयल्टी जसरी पनि सम्बन्धितलाई वितरण गर्नुपर्छ भन्नेमा छौं । तर, माथिल्लो तहका पदाधिकारी अक्षय कोषमा जम्मा गर्नुपर्छ भनिरहेका छन् । यसमा हामी सहमत छैनौं ।’ त्यस्तै, कलाकारले पनि आफूहरुले पाउनु पर्ने रोयल्टी अक्षय कोषमा राख्न नदिने पक्षमा छन् । समाजमा करिब १२ सय साधारण सदस्य रहेका छन् ।

Comments