स्याङ्जामा सम्पदा फकाउँदै सन्तोष
screennepal
प्रकाशित: २०७१, २ माघ शुक्रबार
no img

मोडल सन्तोष पौडले सम्पदा बानियाँलाई स्याङ्जा पुगेर फकाउँदैछन् । आफैले फकाउन नसकेपछि दैव पुकार्दैछन्, ‘केही उपाय देउ’ भनेर । प्रवेश पौडेल र मुना थापामगरले गाएको गीतमा सन्तोषले सम्पदा फकाएका हुन् ।
स्याङ्जामा सुटिङ भएको गीतमा भनिएको छ, ‘हरियै छ सँगैको डाली, आफ्नो भने भाँचियो यसपाली, मिल्छ भने दैव केही उपाय देन, बैगुनीलाई गुनले मार्न सक्थेँ होला सजिलै निष्ठुरीलाई मायाले मार्न सकिएन’ । यी मन छुने शब्द गीतकार शिव सुवेदीले लेखेका हुन् र लय सिर्जना पनि उनकै हो ।
बिन्द्यबासिनी म्युजिक प्रालिले निर्माण गरेको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् । र कपिल लामाले उक्त भिडियो निर्देशन गरेका हुन् ।

10941736_868994936483886_320858135_n 10866712_868995033150543_1972650803_n 10917670_868994899817223_557371936_n 10917677_868994879817225_17246897_n 10934761_868994926483887_1936527299_n

Comments