बिपाशा–हरमन ब्रेकअप । बिपाशाले भनिन्, ‘म निराश हुन्न’
screennepal
प्रकाशित: २०७१, २३ पुष बुधबार
no img

मुम्बई । अभिनेत्री बिपाशा बसु र हरमन बवेजाबीच ब्रेकअप भएको छ । चाँडै बिहे गर्दैछन् भन्ने हल्ला चलिरहेकै बेला यी दुईको प्रेम टुटेको हो । बिपाशा यतिखेर फिल्म ‘अलोन’ प्रमोसनमा छिन् । यसैक्रममा फिल्मका को–एक्टर करणसिंह ग्रोवरसँग उनको अफेयर्सको चर्चा चलेपछि हरमनसँग सम्बन्ध बिग्रेको हो । तर बिपाशाले यसअघि नै हरमनसँग आफ्नो अफेयर्स ब्रेकअप भएको बताएकी छन् ।

bipasha+harman

बिपाशा–हरमन

यसअघि बिपाशाको अफेयर्स अभिनेता डिनो मारिया र जोन अब्राहमसँग थियो । हरमनसित बिपाशा एक वर्षदेखि अफेयर्समा थिइन् । हरमनसँगको अफेयर्स उनले गत वर्ष सोशल नेटवकिङ साइटमार्फत स्वीकारेकी थिइन् । हरमनसँग प्रेम टुटाएपनि उनले तारिफ गरेकी छन् । बिपाशाले भनिन्, ‘हरमन धेरै राम्रो लाग्छ । यदि फेरि समय मिल्यो भने राम्रो साथी बनाउने छु ।’
बिपाशाले यो पछिल्लो आफ्नो ब्रेकअपपछि जीन्दगीबारे भनिन्, ‘म कहिल्यै निराश हुन्न । म जनताकै माझ रहेर जीन्दगी अगाडि बढाउन चाहन्छु ।’ उनी अभिनीत हरर फिल्म ‘अलोन’ १६ जनावरी अर्थात् अर्को शुक्रबार रिलिज हुँदै छ । उक्त फिल्ममा बिपाशाले करणसिंहसँग रोमान्स गरेकी छन् । अहिले यी दुई फिल्ममा मात्र नभई रियल लाइफमा पनि रोमान्समा रहेको चर्चा छ । उक्त चर्चाबारे बिपाशाले भनिन्, ‘मलाई लिंकअप खबरको ह्यान्डिल गर्न सक्दिनँ ।’
बपिाशाले डीनो मोरियाबारे भनिन्, ‘उनीप्रति म आज पनि सोचिरहेकी छु । बोलाए पनि उनी आउँछन् पनि । डिनोसँग १२ वर्षअघि सँगै फिल्म इन्डस्ट्रीमा संघर्ष गरेका थियौं । त्यसैले उनीसँगको सम्बन्ध खतम हुँदैन । उनी अहिले पनि मेरो राम्रो साथी हो ।’ बिपाशा जोनसँग सबैभन्दा लामो समय डेटिङ गरिन् । करिब १० वर्ष उनीहरु ‘लिभ–इन’ मा थिए ।

Comments