फेरि शाहरुख–काजोलको कमेस्ट्री (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २८ मंसिर आईतवार
no img

मुम्बई । अनस्क्रिन सुपरहिट जोडी शाहरुख खान र काजोल जोडीले अफस्क्रिन पनि कमाल देखाए । यसैसाता एक हजार हप्ता लगातार प्रदर्शनको सफलता चाखेको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जोडी शुक्रबार यशराज स्टुडियोमा देखिए, जहाँ उनीहरु आफ्नो फिल्म एक हजार हप्ता चलेको खुसीयाली मनाउँदैथिए । उक्त दौरानमा यी दुई स्टारले फेरि त्यो पुरानो स्मरणलाई ताजा पारे अर्थात् उनीहरु त्यही एक हजार हप्ता पछाडिको लभ कमेस्ट्रीको आभाष दिए ।

shahrukh
कार्यक्रममा शाहरुख र काजोल दुवै कालो आउटफिट पहिरनमा देखिएका थिए । काजोल हेमा कौलको डिजाइनमा कालो रंगको गाउनमा थिइन् । उनले केही ज्वेलरी लगाएकी थिइन् । तर, हातमा भने डायमन्डको चुरा लगाएकी थिइन् । हेर्न लायक त उनको हेयर स्टाइल थियो । उनले आफ्नो खुट्टाको चोटले गर्दा लौरो टेकेकी थिइन् । कार्यक्रममा शाहरुख पनि कालो सुटमा थिए । ार्यक्रमको दौरानमा दुवैले फिल्मको पुरानो फिल्मको याद स्मरण गराएका थिए । उनीहरु करिब २० वर्षअघि ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा जसरी जमेका थिए, त्यसैगरी शुक्रबार पनि उनीहरुको लभ केमेस्ट्री हेर्न लायक थियो । कार्यक्रमको अन्त्यतिर काजोल लौरो छाडेर नाचेकी थिइन् । कार्यक्रममा काजोलको मन जित्न काजोललाई अँगालो हालेर नाचेका थिए । नाच्दै उनीहरुले फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को गीतार धुन बजाएका थिए ।

ss
शाहरुख र काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’ पछि पनि धरै फिल्ममा काम गरिसकेका छन् । तर, उनीहरुका लागि ‘दिलवाले दुल्हनिया ले जाएंगे’ सम्झिन लायक बनेको छ । शाहरुख–काजोलको जोडी पहिलोपटक ‘बाजीगर’ मा देखिएको थियो । उक्त फिल्म पनि दर्शकले रुचाएका थिए ।

kajol
‘बाजीगर’ पछि उनीहरुले ‘करन अर्जुन’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ र ‘माय नेम इज खान’ जस्ता फिल्ममा काम गरे । ती अधिकांश फिल्म सुपरहिट भए । अब यिनै जोडी चाँडै ‘दिलवाले दुल्हनिया ले जाएंगे–२’ मा दर्शकले देख्न सक्नेछन् ताकि, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को सिक्वेल बन्ने तयारीमा रहेको बताइएको छ ।

kajol 1

Comments