‘बार्बी डल’ ले पनि पुगेन माइली साइरसलाई !
screennepal
प्रकाशित: २०७१, २१ मंसिर आईतवार
no img

मियामी । खराब आदतका कारण सधैं चर्चा र विवादमा आइरहने गायिका माइली साइरसले फेरि आफ्नो हर्कत देखाएकी छन् । वेबसाइट ‘डेलीमेल डटकोडट युके’ का अनुसार यी गायिकाले एक पार्टीमा बेबी डल नै टोकेर खाइन् । पार्टीमा माइली यति उत्तेजित भइन् कि, आफ्नो अगाडि भएको एक बार्बी डललाई रिस मरुञ्जेल टोकिन् ।

miley-bites-on-a-barbie-doll
माइलीकी साथी स्कट ‘बार्बी’ संग्रहका लागि एक सजाएर राखेको तस्वीर खिचिरहेकी थिइन् । त्यसैबेला माइली जोशमा आइन् उक्त बार्बीलाई मुखमा हालिन् । माइलीका साथ पार्टीमा पैट्रिक स्वार्जनेगर पनि थिए । जसलाई पछिल्लो समय माइलीको नयाँ ब्वायफ्रेन्ड मानिन्छ । पार्टीमा माइली गुलाबी तथा हरियो रंगको केब्रेलेट र पाइन्ट अनि जालीदार ज्याकेटसँगै स्कर्ट लगाएर पुगेकी थिइन् । उनले उक्त बार्बीलाई किन रिस मरुञ्जेल टोकिन् ? त्यो खुलाइएको छैन ।

Comments