‘देश’को प्रचारमा पूर्वाञ्चलमा अनुप
screennepal
प्रकाशित: २०७१, ३ मंसिर बुधबार
no img
anup

अनुप लिम्बू ‘अञ्जान’

काठमाडौं । गायक तथा गीतकार अनुप लिम्बू ‘अञ्जान’ ‘देश’को प्रचारमा जुटेका छन् । देशको प्रचारप्रसारकै लागि अनुपले पूर्वका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्दैछन् । यसैक्रममा बिहीबार उनी झापामा हुने एक सांगीतिक कार्यक्रममा सहभागी हुँदैछन् । ‘देश’ अनुपको पहिलो गीति एल्बम हो । त्यसैले पनि आफूलाई चिनाउन उनी प्रचारमा जुटेका हुन् ।

deshकेही समयअघि मात्र अनुपले ‘देश’ श्रोतामाझ ल्याएका हुन् । एल्बममा अनुपको एकल शब्दरचना छ । गायकसँगै गीतकारको रुपमा पनि पहिचान बनाउन आफ्नो शब्दरचनामा गीति एल्बम ‘देश’ ल्याएको उनले बताए । एल्बम श्रोतासम्म ल्याउनलाई अनुपलाई गायक सुर्य आङबोले साथ दिएका छन् ।
हाल एल्बम प्रचारमा रहेका उनले भने, ‘एल्बमका गीत श्रोता÷दर्शकले रुचाएका छन् । अझ प्रचार गर्न सके राम्रो हुने आशा लिएको छु ।’ एल्बममा चार वटा गीत छन् भने ‘नेपाली हौ’ बोलको एउटा राष्ट्रिय गीत बोनसका रुपमा राखिएको छ । एल्बममा हरियाली सारा, चोखो माया, नदेखाउ लोभ र सबै पिपल बोलका आधुनिक गीत संगृहीत छन् । पाँचथर फलैचा–६ का अनुपको उद्देश्य भने गायक बन्नु हो । विद्यालय पढ्दैदेखि गीत लेख्ने गरेको सुनाउँदै अनुपले भने, ‘एल्बम निकाल्नुअघि नै मैले आफ्नो स्वरमा गीत रेकर्डिङ गरेको हुँ । मेरो उद्देश्य भनेको गायक हुनु नै हो । अहिले आफ्नै स्वरमा सोलोको तयारी गर्दैछु ।’

Comments