फ्यानलाई सफाई दिँदै अनुष्का
screennepal
प्रकाशित: २०७१, ३० कार्तिक आईतवार
no img

मुम्बई । केही दिनयता अभिनेत्री अनुष्का शर्मा निकै दिक्क छिन् । यतिमात्र नभई उनी आफ्ना फ्यानलाई सफाईसमेत दिन थालेकी छन् । अनुष्का र क्रिकेटर विराट कोहलीबीच प्रेम रोमान्स छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, केही दिनअघि उनीहरुबीच ‘इन्गेजमेन्ट’ भएको खबर आएपछि अनुष्का अचम्ममा परेकी छन् । अहिले अनुष्का आफै उक्त समाचारलाई लिएर आफ्ना फ्यानलाई सफाइ दिन व्यस्त छिन् ।

anushka-sharma-
अनुष्काले सोशल नेटवर्किङ साइट फेसबुकमा आफ्ना प्रशंसकसित भिडियो च्याट गर्दै भन्ने गरेकी छन्, ‘मेरो इन्गेजमेन्ट भएको छैन । मेरोबारे त्यतिकै फैलाएको हल्ला मात्र हो । उक्त अफवाहमा भ्रममा नपर्नुहोला । यसमा कुनै सत्यता छैन ।’ यसबारेमा अहिले नै मिडियासँग कुरा नगर्ने जनाउँदै सिधै आफ्ना फ्यानहरुलाई बताएको अनुष्काले बताएकी छन् । उनले भनेकी छन्, ‘अहिले नै म बिहे गर्ने मुडमा छैन । म आफ्नो काममा ध्यान दिइरहेकी छु ।’ एजेन्सीबाट

Comments