रन्जन र सम्पदको ‘तार टुट्यो सारंगीको’
screennepal
प्रकाशित: २०७१, ३० कार्तिक आईतवार
no img

साहित्यकार एबं गीतकार हेमन्त ढुंगेलको रचनामा तयार ‘प्रतिबिम्ब’ एल्बम्मा समाबेश ‘टुट्यो तार सारंगी’को गीतको म्युजिक भिडियो तयार भएको छ ।
भिडियोमा फरकपनको प्रयोग गरिएको निर्देशक बिधन कार्कीले बताएका छन् । रन्जन रिजाल र सम्पदा बानियाँलाई जोडीको रुपमा देखाइएकोे भिडियोमा सफल मानिसको जिन्दगीको भोगाई र उसको असफल परिस्थितिको कथामा प्रस्तुत गरिएको बताइएको छ।
भिडियोलाई बिदुर पाण्डेयले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरिरहेका छन् । शिशिर योगीको स्वर र अशोक थापाको संगीत रहेको गीतको भिडियो केही दिनमा बजारमा आउने निर्देशक कार्कीले बताए । सञ्चारकर्ममा समेत सक्रिय कार्की पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त छन् ।bi

Comments