शुक्रबार राति क्लव बेबीलोनमा कलाकारको भीड !
screennepal
प्रकाशित: २०७१, २९ कार्तिक शनिबार
no img

काठमाडौं । शुक्रबार साँझ पर्दैजाँदा सुन्धारास्थित क्लव बेबीलोनमा कलाकार तथा मोडलहरुको जमघट पनि बढ्दैथियो । ७ बजेदेखि चहलपहल बढेको भएपनि ८ बजेबाट भने माहोल तातको थियो । मोडलहरुको -याम्प सोसँगै तातेको माहोलले कार्तिकको जाँडो छल्न बाक्लो स्वीटर र ज्याकेट लगाएका आएका अतिथि तथा निम्तालुले बाक्लो लुगा कहाँ फालौं जस्तो भएको थियो ।

10814119_10152330442967030_1822971879_n
प्रशंग क्लव बेबीलोनको पुन उद्घाटन तथा फेसन सोको हो । क्लव उद्घाटनका अवसरमा म्युजिक भिडियो निर्देशक युगल पोमुको संयोजत्वमा करिब एक दर्जन मोडल -याम्पमा उत्रेका थिए । फेसन सोको कुनै सिक्वेन्स थिएन । तैपनि वनपिस र इभिनिङ गाउनमा मोडलहरुले -याप्प नापिरहँदा उपस्थित पाहुना उत्साहित देखिए । बेबीलोन ढिस्को ढेड दशकअघि नै स्थापना भएको हो । तर, केह िवर्षयता बन्द थियो । कार्यक्रममा क्लव पुनः सञ्चालनमा ल्याएको क्वलका सञ्चालक सुवास पालुंवाले बताए । स्याम्पेन फोरेर क्वल पुनः सञ्चालनमा आएको पालुंवाले उद्घोष गरेका थिए । ‘क्लव हामीले पुन सञ् चालनमा ल्याएका छौं’ उनले भने, ‘समय परिस्थितिले बन्द गर्नु परेको थियो । यस क्लवमा हामीले धेरै मिहिनेत गरेका छौं ।’ रात्रि मनोरञ्जनमा केही खुला भएकाले क्वल सञ्चालनाम ल्याएको उनले बताए । कार्यक्रममा विभिन्न कलाकार, गायक÷गायिका तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

10799394_10152330443587030_2038007877_n

 

 

 

Comments