शबानाको वकालत गर्दै ऐश्वर्या
screennepal
प्रकाशित: २०७१, १४ कार्तिक शुक्रबार
no img
aishwarya

ऐश्वर्या राय बच्चन

मुम्बई । पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या राय र शबाना आजमीले चाँडै सिल्भर स्क्रिनमा धुम मच्चाउने भएका छन् । आफ्नो जीवन्त अभिनयका कारण बलिउडमा छुट्टै पहिचान बनाएका शबाना र ऐश्वर्या फिल्म ‘जज्बा’ मा देखिन लागेका हुन् । बलिउडका चर्चित फिल्मकर्मी सञ्जय गुप्ताको यसै फिल्मबाट ऐश्वर्याको बलिउड इन्डस्ट्रीमा कम्ब्याक हुन लागेका हुन् ।
भनिन्छ, यस फिल्मका दुई अभिनेताको अभिनय रहने छ । अहिले बलिउडमा चर्चा गरिएअनुसार फिल्ममा अभिनेता जोन अब्राहम र इरफान खान पनि चयन भएका छन् । तर, फिल्ममा शबाना आजमीको मुख्य अभिनय रहने छ । समाचार सुत्रका अनुसार फिल्म ‘जज्बा’ मा ऐश्वर्या एक्शन भूमिकामा दखिनेछिन् भने उनको भूमिका वकालत गर्ने हो । उनी फिल्ममा शबाना आजमीको वकील हुन्छिन् ।

shabana-azmi-heroine-photos-d4e481b5

शबाना आजमी

शबाना प्रोफेसरको भूमिकामा देखिनेछिन् , जो न्याय पाउनका लागि वर्षौदेखि संघर्ष गरिरहेका हुन्छन् । फिल्ममा इरफान खान भने बर्खास्त प्रहरी अफिसरको भूमिका गर्दैछन् । फिल्म ‘जज्बा’ को सुटिङ आउँदो जनवरीबाट सुरु हुने बताइएको छ । ऐश्वर्याले पछिल्लो समय सञ्जय लीला भन्सालीको सन् २०१० मा प्रदर्शित फिल्म ‘गुजारिश’ मा ऋतिक रोशनका साथ देखिएकी थिइन् । त्यसपछि उनी ‘जज्बा’ मा देखिन लागेकी हुन् । एजेन्सी

Comments