ट्विटरमा अमिताभको फ्यान करिब सवा करोड !
screennepal
प्रकाशित: २०७१, १० कार्तिक सोमबार
no img

amitabh

मुम्बई । बलिउड महानायक अभिताभ बच्चनको सामाजिक सञ्जाल ट्विटरमा फ्लोअप गर्ने १ करोड १० लाखभन्दा बढी (करिब सवा करोड) फ्यान पुगेका छन् । बिहीबार दिवालीको अवसरमा आफ्ना फ्यान तथा प्रशंसकलाई बधाई दिँदै ७२ वर्षीय अभिनेताले ट्विट गरेका थिए, ‘शुभ दिवाली । आज मेरो प्रशंसकको संख्या १ दशमल १ भन्दामाथि पुगेको छ । सबैलाई मेरो शुभकामना ।’
हेमा मालिनी, माधुरी दीक्षित र जुही चावलापछि अमिताभ बच्चनले समय–समयमा आफ्नो नीजि तथा पेसाबारे ट्विट गर्दै आएका छन् । अमिताभ ४० वर्षयता निरन्तर बलिउड फिल्म इन्डस्ट्रीमा सक्रिय छन् । हिजोआज अमिताभ टेलिभिजन कार्यक्रम ‘कौन बनेगा महाकरोड़पति’ सञ्चालन गर्दै आएका छन् । उनी अभिनीत फिल्म ‘शमिताभ’ र ‘पिकु’ पोस्ट प्रोडक्सनमा छ ।

Comments