साँच्चै बिहे गर्लान् ?
screennepal
प्रकाशित: २०७१, २५ आश्विन शनिबार
no img

मुम्बई । बलिउडका चक्लेटी हिरो रणबीर कपुर र ‘बेबी डल’ हिरोइन कट्रिना कैफको सम्बन्धबारे दुनियाँमा कसलाई पो थाहा छैन र ? उनीहरु करिब पाँच वर्षयता लभ अफेयर्समा मस्त छन् । तर, एउटा कुरा थाहा नहन सक्छ कि, अब रणबीर र कट्रिना सँगै बस्न लाग्दैछन् ।

Ranbir Katrina
ताजा समाचारअनुसार यी बलिउड जोडीले आफ्नो पाँच वर्ष लामो अफेयर्सलाई ‘लिभ इन रिलेशनशिप’ मा परिणत गर्न लागेका हुन् । रणबीर–कट्रिनाबीच ‘अफेयर्स छैन’ भन्ने हल्ला चल्न थालेकै अवस्थामा यो खुलासा भएको हो । एक अंग्रेजी न्युज पोर्टलले स्रोतको हवाला दिँदै रणबीर र कट्रिना ‘लिभ इन रिलेशनशिप’ मा रहेको उल्लेख गरेको छ ।
समाचारका अनुसार यी दुवैले मुम्बईमा हालै एक संयुक्त फ्ल्याट खरिदा गरेका छन्, जहाँ उनीहरु सँगै बस्ने भएका छन् । आफूहरुको प्रेमबारे बलिउडमा भुसको आगोझैं सल्किन थालेपछि सँगै बस्ने र विवाहबारे योजना बनाउने उनीहरुले निर्णय गरेका हुन् । हिजोआज यी दुईले आफ्नो सम्बन्धबारे गम्भीरताका साथ सोचिरहेको बताइन्छ ।
हालै मात्र कट्रिनाले रणबीरसँगको आफ्नो सम्बन्ध स्वीकारेकी थिइन् । केही समयअघि एक प्रशंगमा कट्रिनाले भनेकी थिइन्, ‘रणबीर मेरो जिन्दगीको हिस्सा हो, तैपनि विवाह भने गर्नेवाला छुइनँ ।’ त्यसपछि हल्ला चलेजस्तो रणबीर–कट्रिनाबीच लभ अफेयर्स नभएको बताइन थालिएको थियो । तर, गत महिना कट्रिनाले रण्बीरका लागि ‘सरप्राइज बर्थडे पार्टी’ आयोजना गरेपछि भने फेरि उनीहरुको अफेयर्सको चर्चा चुलिएको हो । केही समययता पाटी, सपिङ मल, समारोह, रेस्टुरेन्टलगायत विभिन्न सार्वजनिक स्थलमा सँगै भेटिने गरेका रणबीर र कट्रिनाले साँच्चीकै विवाह गर्छन् त ? अहिले जवाफको पखाईमा बलिउडकर्मी मात्र नभई उनीहरुका करोडौ फ्यान तल्लीन छन् ।
(एजेन्सीबाट)

Comments