दश जना गायकको ‘एउटै गीत’ सार्वजनिक
screennepal
प्रकाशित: २०७१, ६ आश्विन सोमबार
no img

काठमाडौं । गीतकार शिव सुवेदीको शब्द संगीतमा तयार पारिएको गीत दुखेको देश सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नेकपा एमालेका नेता रविन्द्र अधिकारी र एनेकपा माओवादीका नेता खिमलाल देवकोटाको हातबाट दुखेको देशको सार्वजनिक गरिएको हो ।

IMG_2004मुलुकले संविधान नपाउने अवस्था नजिक आइरहेको बेलामा दोस्रो संविधानसभाबाट करोडौं खर्च गरेर देशको अवस्था अक्रान्त बनाइएको यथार्थ घटनाक्रमलाई चित्रण गरी गीतकार शिव सुवेदीले दुखेको देशमार्फत् नेताहरुलाई खबरदारी गरेका छन् । कार्यक्रममा गायक बद्री पंगेनीले मुलुक जोगाउन सच्चा नेताहरुको नयाँ पार्टी अर्थात् एकताबद्ध बन्नुपर्ने अवस्था आएको बताउँदै राजनीतिले सबै क्षेत्रलाई धरापमा पारेको बताए । गायक पंगेनी, पशुपति शर्मा र जुना श्रीषले दुखेको देशमा रहेको गीत गाएर सुनाएका थिए ।
कार्यक्रममा एमालेका नेता रविन्द्र अधिकारीले देशलाई सबै मिलेर माया गर्नुपर्ने र देशको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताउँदै राजनीतिक दलहरु देशप्रति चिन्तित हुनुपर्ने बताए । त्यस्तै एमाओवादीका नेता खिमलाल देवकोटाले दीर्घ रोगी नेताहरुका कारण जनताहरुले देशको नीति नियम स्पष्ट बोल्न नसकेका कारण देशले दुःख बेहोर्नु परेको बताए । त्यसैगरी कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा भएका नेताहरुको स्पष्ट नीति नियम बन्न नसकेको कारण सम्पूर्ण नेपाली र नेपालका सीमाहरु अक्रान्त बनिरहेको छ भन्दै सच्चा देशभक्त जन्माउने आमाहरुलाई पनि कार्यक्रममा समावेश गर्नुपर्ने बताएका थिए ।
गीतकार संघ नेपालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतिको आसनबाट बोल्दै संघका अध्यक्ष योगेन्द्रमणि दाहालले हामी कलाकार, गायक, गायिका एवं सम्पूर्ण नेपालीहरु आज सचेत बन्दै अघि बढ्नुपर्ने औंल्याएका थिए । गीतकार सुवेदीले आफू सच्चा नेपाली नभएसम्म एउटा कलाका बन्न नसक्ने बताउँदै आफ्ना गीत लेखनका प्रेरणा दिने राजनीतिकर्मीकै फोहोरी खेल भएको बताएका थिए ।

Comments